आईतवार, बैशाख ६,२०८३ 11:20:06
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:20:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा सामान्य सुधार, विश्लेषक भन्छन्, ‘लगानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन’

Bizshala
सेयरबजारमा सामान्य सुधार, विश्लेषक भन्छन्, ‘लगानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ०.३८ प्रतिशत अर्थात ९.७८ अंकले बढेर २ हजार ५५०.३६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ४४०.८७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘केही दिनयता लगातार घटेको बजारमा आज सामान्य अंकको सुधार देखिएको छ, तर यसलाई बढेको मान्न सकिँदैन । राजनीतिक अवस्थाले लगानीकर्ताहरुमा अझै कन्फिडेन्ट बिल्डअप हुन सकेको छैन । ठूला लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा रहेकाले लगानी गर्न सकिरहेका छैनन् । पछिल्लो दिन बजारमा ३÷४ अर्बको हाराहारीमा मात्रै कारोबार भइरहेको छ, जुन यो ट्रेडरहरुबाट मात्रै भएको हो । अब सेयर बेच्नलाई ट्रेडरसँग पनि कित्ता छैन र लगानीकर्ताहरुले सेयर किन्न मनोबल बढाउन सकेका छैनन् । राजनीतिक विषयमा केही सकारात्मक कुरा आएमा बजार बढ्न सक्छ, तर अब यो विन्दुभन्दा तल पनि नजाला भन्ने आशा हो ।’

अर्का बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘अहिलेको बजार साइडवेजमा नै चलिरहेको छ । अहिले बजारमा सामान्य अंकले घट्ने र सामान्य अंकले नै सम्हालिने अवस्था भइरहेको छ । बजार २४ सय देखि २६ सयको विन्दुमा रहनुलाई साइडवेज नै मान्न सकिन्छ । बजारमा कारोबार रकम पनि न्यून नै छ । ४÷५ अर्बको कारोबार हुनु बजार साइडवेजमा बसेको हो, यदि बजारमा ६ अर्बमाथिको कारोबार भयो भने र २६ सय विन्दुमाथि नेप्से पुग्यो भने मार्केट अर्को रेञ्जमा पुगेर फर्किन सक्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक अर्थात १.५० प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.१३ प्रतिशत, फाइनान्स ०.५६, होटल १.०८, हाईड्रो ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, लघुवित्त ०.३४, म्युिचुअल फण्ड ०.१४ र व्यापार ०.०९ प्रतिशतले बढेको छ ।  

आज निर्जीवन बीमा र अन्य समूह मात्रै घटे । यी समूहहहरु आज क्रमशः ०.०९ र ०.४९ प्रतिशतले घटे ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १८ करोड बढीको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज १६ करोड ५९ लाख, शिवम् सिमेन्टको १६ करोड ३० लाख, राधी विद्युतको १५ करोड ४१ लाख र युनियन हाईड्रोपावरको १३ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी,बुङ्गल हाईड्रो, बन्दीपुर केवलकार र झापा इनर्जीको  सेयरमूल्यमा अपर सर्किट लाग्यो ।    

यस्तै ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.८९ प्रतिशत, जोशी हाईड्रोपावरको ७.८४, माबिलुङ इनर्जीको ७.३७ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.२४ प्रतिशतले बढ्यो ।  

यो दिन भूगोल इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । नेपाल माईक्रो इन्स्योरेन्सको सेयरमूल्य पनि आज ३.२१ र स्वाभिमान लघुवित्तको सेयरमूल्य २.४० प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.