मंगलवार, कार्तिक ३,२०८३ 03:27:00
  • मंगलवार, कार्तिक ३,२०८३ 03:27:00
Global IME Bank Limited

४ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए

Bizshala
४ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनेबच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै सूचक घटेका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३६ प्रतिशत र निर्जीवन बीमा सूचक ०.६३ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ४ वटा बीमा कम्पनीको सेयरभाउ भने बृद्धि भएको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स र नेपाल लाइफ रहेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरभाउ ०.६४ प्रतिशतले बढेर ७६५.९० रुपैयाँ पुगेको छ, भने नेपाल लाइफको सेयरभाउ ०.६४ प्रतिशतले बढेर ६२९ रुपैयाँ पुगेको छ । त्यस्तै, नेशनल लाइफको ०.५४ प्रतिशतले बढेर ५५४ रुपैयाँ र आरबीसीएलको ०.४५ प्रतिशतले बढेर १३ हजार ३४० रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.०१ प्रतिशतले घटेर ६३५ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, सानिमा जिआइसीको १.८२ प्रतिशत, हिमालय एरभेष्टको १.४५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४४ प्रतिशत, सगरमाथा लुम्बिनीको १.४३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०८ प्रतिशत, एशियन लाइफको १.०३ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.९९ प्रतिशत, आइएमई लाइफको ०.९७ प्रतिशत , आइजीआई प्रुडेन्सियलको ०.९० प्रतिशत, एलआइसी नेपालको ०.७२ प्रतिशत, हिमालयन लाइफको ०.७० प्रतिशत, सिटिजन लाइफको ०.६४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.४२ प्रतिशत, सन नेपाल लाइफको ०.३२ प्रतिशत, सुर्यज्योति लाइफको ०.२९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२१ प्रतिशतले घट्यो । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.