बुधबार, भाद्र २५,२०८२ 10:27:11
  • बुधबार, भाद्र २५,२०८२ 10:27:11
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘असार मसान्तको प्रभाव देखिन थाल्यो’

Hyundai Nepal
सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘असार मसान्तको प्रभाव देखिन थाल्यो’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ३६४.४२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘केहि दिनअघि करको विषयका बारेमा आएको खबरले बजारको माहोल केहि बिग्रदा आज सामान्य अंकको गिरावट आएको छ । तर यस विषयमा त्यति दम नभएकाले विस्तारै यसको प्रभाव कम हुनेछ । यस्तै असार मसान्तको प्रभावको कारण पनि बजारमा केहि दबाव आएको हुनसक्छ ।’

बजारमा अवस्थामा सामान्य नै रहेको र आगामी बुधबारदेखि भने बजारले गति लिन सक्ने विष्टले आँकलन गरे । ‘पछिल्लो समय बजारमा कारोबार वृद्धि भईरहेको छ । यसले बजारलाई २१÷२२ सयको विन्दुमा पुर्याउन सक्छ । अहिले लगानीकर्ताले इन्डक्ेस घट्नुलाई त्यति प्राथमिकता दिदैनन् । बजार घट्दा पनि कुनै लगानीकर्ताले १५ देखि ५० प्रतिशतसम्म नाफा बुक गरेका छन् ।’

अर्का बजार जानकार महेश रिजालले पनि असार मसान्तको प्रभाव देखिन थालेकाले बजार घट्न पुगेको बताए । ‘ब्रोकरहरुले कोल्याट्रल घटाएको विषयले पनि बजार घटेको हो । प्रायःजसो पुष र असार महिनामा बजार घटेकै हुन्छ ,’ रिजाललले भने ।  

लगानीकर्ताहरु मौद्रिक नीतिको पखाईमा रहेको र यो महिनाको अन्तिम साताबाट बजारले लय समात्न सक्ने उनले विश्लेषण गरे ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज वित्त समूहमा चमक देखियो । यो समूह आज ५.४९ प्रतिशतले बढ्यो । साथै,व्यापार समूह ०.६६  र अन्य समूह ०.२५ प्रतिशतले बढे ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज लघुवित्त समूहमा सबैभन्दा धेरै गिरावट देखियो । यो समूह आज १.२३  प्रतिशतले ओरालो लाग्यो । आज बैंकिङ समूह ०.४० प्रतिशत विकास बैंक ०.१०,हाईड्रो ०.०६,लगानी ०.६१,जीवन बीमा ०.५४ उत्पादत तथा प्रशोधन ०.४५,होटल १.१०,म्युचुअल फण्ड ०.२३ र निर्जीवन बीमा समूह ०.१२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज पोखरा फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड १३ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै आज नेपाल फाइनान्सको १३ करोड ५८ लाख,रिलायन्स फाइनान्सको १३ करोड १६ लाख, माउन्टेन इनर्जीको ११ करोड ११  लाख र माण्डु हाईड्रोको ९ करोड ९३ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज रिलायन्स फाइनान्स,गणपति फाइनान्स,साधना लघुवित्त,मैलुङखोला जलविद्युत र नेपाल फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढे ।  

यस्तै आज बुद्धभुमी नेपाल हाईड्रोको सेयरमूल्य ८.१७ प्रतिशत र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ८.०२ प्रतिशतले बढ्यो ।  

यो दिन ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ६.५८ प्रतिशतले घट्यो । साथै,कालिका लघुवित्तको ५.१८,उपकार लघुवित्तको ५.११ र बाराही हाईड्रोपावरको सेयरमूल्य ४.४२ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.