शुक्रबार, असार २६,२०८३ 04:54:07
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:54:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘लगानीकर्ता अझै अन्यौलमा’

Laxmi Sunrise Bank Limited
सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘लगानीकर्ता अझै अन्यौलमा’

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०९ प्रतिशत अर्थात २.५७ अंकले बढेर २ हजार ७३६.१७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०७ प्रतिशतले घटेर ४६८.७२ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५६ वटा स्क्रिप्टको ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने ६ अर्ब ४४ करोड ३१ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘आज बजार सम्हालिएको छ, तर लगानीकर्ताहरुमा अझैपनि अन्योलता कायम भने छ । अहिले बजारको लागि यो समय सिजन मानिन्छ, तर लगानीकर्ताको त्यति रौनक देखिदैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय तथ्याङ्कमा नेपालको आर्थिक गतिविधि सकारात्मक नै देखिन्छ । समग्र आर्थिक सूचकहरु हेर्दा बजार बढ्नुपर्ने हो, तर लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजारले लय लिन सकिरहेको छैन, तर विस्तारै लगानीकर्ताहरुमा कन्फिडेन्ट आउन थालेको जस्तो पनि देखिन्छ ।’

New Office
CG Motors
Garima Development Bank

उनले थपे, ‘आज बजार सम्हालिएको छ, र प्यानिक सेल पनि देखिएको छैन । यो समयपनि बजार बढ्न सकेन भने बजारप्रतिको विश्वास गुम्ने सम्भावना रहन्छ । लगानीकर्ताहरुको मनोवल विस्तारै बढेको छ, यसको एक्युमुलेसन पनि भइरहेको छ । सरकारले अब लगानीकर्तालाई त्रसित नबनाई लगानीको वातावरण स्वतन्त्र बनाइदिने हो भने बजारले लय लिने देखिन्छ । साथै लगानीकर्ताहरुले पनि अरुको लहैलहैमा घाटामा सेयर बेच्ने जस्ता क्रियाकलाप गरी आफ्नो सम्पत्ति गुमाउने कार्य गर्नुहुँदैन ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने ६ वटामा रातो पोतियो । आज हाईड्रो समूह सर्वाधिक अर्थात ०.६५ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.२१ प्रतिशत, फाइनान्स ०.०८, होटल ०.५४, उत्पादन तथा प्रशोधन ०.१८ र म्युचुअल फण्ड ०.०१ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.०७ अंकले बढ्यो ।

आज व्यापार समूह सर्वाधिक अर्थात ०.४३ प्रतिशतले घट्यो । लगानी समूह पनि आज ०.०८ प्रतिशत, जीवन बीमा ०.३२, निर्जीवन बीमा ०.२४ र अन्य ०.०३ प्रतिशतले घट्यो ।  लघुवित्त समूह आज ०.४४ अंकले ओरालो लाग्यो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात २८ करोड बढीको सेयर कारोबार भयो । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड २७ लाख, सिटी होटलको १६ करोड ४१ लाख, अपर हेवाखोला हाईड्रोको १४ करोड ४२ लाख र सेन्ट्रल फाइनान्सको ११ करोड ८२ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये तीनवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज सोपान फर्मास्युटिकल्स,कालिञ्चोक हाईड्रो र एपोलो हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य १०.३३ प्रतिशत, बुङ्गल हाईड्रोको ६.५४, कुेथेली बुखरी स्मल हाईड्रोको ६.५० र माबिलुङ इनर्जीको सेयरमूल्य ६.०३ प्रतिशतले बढ्यो ।

यो दिन उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.३४ प्रतिशतले घट्यो । यस्तै अपर लोहरे खोला हाईड्रोको सेयरमूल्य ६.७५ प्रतिशतले खस्कियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.