काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिारवट आएको छ । आज नेप्से परिसूचक ०.११ प्रतिशत अर्थात २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा सीमित भएको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंकले बढेर ३५८.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘अहिले लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरिरहेका छन् । बजारमा १२ गतेसम्म मौद्रिक नीतिको समीक्षा आउने हल्ला सुनिएको छ । त्यसैले बजारमा तत्कालै ठूलो अंकको उतारचढाव हुने देखिदैन ।’
सरकारको स्थिरतामाथि मडारिएको कालो बादलका कारण पनि बजार बढ्न नसकेको रिजाल बताउँछन् ।
अर्का बजार जानकार विरेन्द्र विष्ट पनि मौद्रिक नीतिको समीक्षा नीति चाँडै आउने र यसमा सेयर बजार र घरजग्गा कारोबारमा केहि लचकता आउने सक्ने भएकाले बजारमा सकारात्मक प्रभाव पर्नेछ । ‘अब बैंकहरुको रिपोर्ट पनि धेरै खराब आउँदैन । बैंकको रिपोर्ट सुधारिदैँ गएपछि बजार बढ्ने देखिन्छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटामध्ये ४ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ९ वटा समूहमा भने रातो पोतियो । आज लघुवित्त समूह सबैभन्दा धेरै अर्थात १.९१ प्रतिशतले बढ्यो । वित्त समूह १.०४,हाईड्रो ०.३९ र व्यापार समूह ०.५० प्रतिशतले बढ्यो ।
बैंकिङ समूह ०.३२ अंकले घटेको आज विकास बैंक ०.४१, होटल ०.३१,लगानी ०.८२,जीवन बीमा ०.७०,उत्पादन तथा प्रशोधन ०.४४,म्युचुअल फण्ड ०.७३,निर्जीवन बीमा १.०३ र अन्य समूह ०.४१ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको २१ करोड ४७ लाख बढीको कारोबार भयो ।
त्यस्तै पोखरा फाइनान्सको ११ करोड ७ लाख,ङादी ग्रुपको १० करोड ३८ लाख,सूर्यज्योति लाइफ ८ करोड ९२ लाख र हिमालयन रि इन्स्योरेन्सको ७ करोड ४४ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
यो दिन दुईवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज श्रृजनशिल लघुवित्तको सेयरमूल्य १० प्रतिशत र एनआईसी एशिया लघुवित्तको सेयरमूल्य ९.७२ प्रतिशतले बढ्यो । ्
यस्तै दोल्ती पावर कम्पनीको सेयरमूल्य ९.३५ प्रतिशत,राप्ती हाईड्रोको ९.२३ र मिथिला लघुवित्तको सेयरमूल्य ८.७० प्रतिशतले बढ्यो ।
आज गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । तेह्रथुम पावरको सेयरमूल्य ४.३८ प्रतिशतले घटेको आज तारागाउँ रिजेन्सीको सेयरमूल्य ३.९३ प्रतिशतले घट्यो ।