आईतवार, आश्विन ६,२०८१ 06:15:06
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 06:15:06
IME remit
Global IME Bank Limited

नेप्से दोहोरो अंकले बढ्दा कारोबार भने घट्यो, किन परेन अर्थमन्त्रीको प्रभाव ?

Hyundai Nepal
नेप्से दोहोरो अंकले बढ्दा कारोबार भने घट्यो, किन परेन अर्थमन्त्रीको प्रभाव ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात ११.५८ अंकले बढेर २ हजार ५८८.३५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ प्रतिशतले बढेर ४६३.४३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर ५ अर्ब ९ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

गत शुक्रबार ५ अर्ब ६६ करोड बढीको कारोबार भएको थियो । यस हिसाबले आज नेप्से बढ्दा कारोबार भने घटेको छ ।  

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्,  ‘बजारमा चाडपर्वको प्रभाव परेको देखिन्छ । अर्थमन्त्रीको सेयर बजारप्रतिको चासोले मात्रै आज बजारमा उच्च वृद्धि देखिएन । लामो बिदाले कारणले गर्दा त्यसको प्रभाव परेन ।’

हरेक ठूला चाडपर्वमा बजार प्रायः साइडवेज नै रहने र बजार २५ सयदेखि २७ सयसम्मकै आसपास चल्ने रिजालले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलले पनि अर्थमन्त्रीको बोलीको प्रभाव सेयर बजारमा खासै नपरेको बताए । ‘अर्थमन्त्रीले गत बिहिबार नेप्सेमा गएर सोधेका प्रश्नहरु सान्दर्भिक भएनन् । उनी अर्थमन्त्री भएपछि कामको प्रगति शुन्य छ, संस्थागत सुधार भएको छैन र उनी अर्थमन्त्री भईसकेपछि बजार एकपटक बढिसकेका कारण अहिले प्रभाव कम परेको देखिन्छ,’ उनले भने ।  

असोज महिनाको ब्याज तिर्नुपर्ने र चाडपर्वका कारण पनि बजार साइडवेज चलेको उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ५ वटा समूहमा रातो पोतियो ।  

Sagarmatha Cement
Shivam Cement

आज बैंकिङ समूह सर्वाधिक अर्थात १.०१ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.६६ प्रतिशत,हाईड्रो ०.३१, लगानी ०.६२,जीवन बीमा ०.२४,निर्जीवन बीमा ०.४७,अन्य ०.४१  र व्यापार समूह ०.०७ प्रतिशतले बढ्यो ।  

वित्त समूह ०.१७ प्रतिशतले घटेको आज होटल समूह ०.६१ ,उत्पादन तथा प्रशोधन ०.१९,लघुवित्त ०.१८ र म्युचुअल फण्ड ०.१० प्रतिशतले घट्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्राको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २७ करोड ८० लाख बढीको सेयर कारोबार भयो । एनएलजी इन्स्योरेन्सको आज १४ करोड ६९ लाख, नेपाल फाइनान्सको १२ करोड ९७ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ९४ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको आज १० करोड २० लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज इष्टर्न हाईड्रोपावर,आत्मनिर्भर  लघुवित्त र अपर स्याङ्गे हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज सयपत्री हाईड्रोको सेयरमूल्य ७.०४ प्रतिशत,स्ट्याण्डर्ड चाटर्ड बैंकको ३.९७ र मध्य भोटेकोशी लघुवित्तको सेयरमूल्य ३.८६ प्रतिशतले बढ्यो ।  

राँवा इनर्जीको सेयरमुल्य आज सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य आज ८.६५ प्रतिशतले घट्यो । यो दिन स्वरोजगार लघुवित्तको सेयरमूल्य ७.४२ प्रतिशत र कालिका लघुवित्तको सेयरमूल्य ५.५२ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.