आईतवार, बैशाख ६,२०८३ 11:12:00
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:12:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मौद्रिक नीतिप्रति सेयर बजार सकारात्मक, लघुवित्त र बैंकिङ समूहमा चमक

Bizshala
मौद्रिक नीतिप्रति सेयर बजार सकारात्मक, लघुवित्त र बैंकिङ समूहमा चमक
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०६ प्रतिशत अर्थात २९ अंकले बढेर २ हजार ७६०.८० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०१ प्रतिशतले बढेर ४८१.५४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘मौद्रिक नीति पछिको पहिलो कारोबारमा सेयर बजार अपेक्षा गरेजस्तै देखिएको छ । मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएको छ । यसले सेयर बजारलाई समेत फाइदा पुग्ने देखिन्छ ।’

उनले बैंक र लघुवित्तमा आज चमक आउनु पनि मौद्रिक नीतिको परिणाम भएको  बताए । बजार अहिले बुलको तयारीमा रहेको समेत उनले दाबी गरे । प्राविधिक रुपमा पनि बजार अप ट्रेण्ड भएको बताउदै उनले बजारको आगामी सम्भावना राम्रो रहेको बताए ।  

अर्का बजार जानकार पर्वत विष्टले आज बजारमा अपेक्षा अनुरुप राम्रो सुधार आएको बताए । ‘यसले दीर्घकालमा बजारमा दिगो हुने देखिन्छ । लगानीकर्ताको मनोबल समेत बढेको छ । २८ सय विन्दु आसपास बजारले प्रतिरोध लिएतापनि यसबाट माथि गयो भने बजारले ३ हजार विन्दुसम्मको यात्रा गर्न सक्छ,’ उनले भने ।    

 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । लघुवित्त समूह आज सर्वाधिक अर्थात ३.६६ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि ३.८४ प्रतिशत विकास बेंक १.४२, फाइनान्स १.९२, होटल ०.९२, उत्पादन तथा प्रशोधन ०.३३ र म्युचुअल फण्ड १.५१ प्रतिशतले बढ्यो ।  

हाईड्रो समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.७६ प्रतिशतले घट्यो । लगानी समूह पनि आज ०.०४ प्रतिशत,जीवन बीमा ०.०५,निर्जीवन बीमा ०.२७,अन्य ०.२४ र व्यापार समूह ०.३० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३७ करोड १४ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावरको पनि आज ३२ करोड ८५ लाख, एनआरएन एन्फ्रास्ट्रक्चरको २८ करोड ५३ लाख, सानिमा बैंकको २५ करोड १८ लाख र सिईडिबि होल्डिङको २४ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज एनआईसी एशिया बैंक र खानीखोला हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

जीवन विकास लघुवित्तको सेयरमूल्य पनि आज ९.६१ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ७.३० र समाज लघुवित्तको ६.५० प्रतिशतले बढ्यो ।  

हिमालयन हाईड्रोका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यो कम्पनीका लगानीकर्ताले आज ९.९३ प्रतिशतले गुमाए । राप्ती हाईड्रोको सेयरमूल्य पनि आज ७.३४ प्रतिशत,भगवती हाईड्रोको ६.९३ र पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ५.३६ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.