आईतवार, बैशाख ६,२०८३ 11:15:09
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:15:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चाडपर्व सकिएसँगै बजारले समात्यो लय, कारोबार २ महिना पछिकै उच्च

Bizshala
चाडपर्व सकिएसँगै बजारले समात्यो लय, कारोबार २ महिना पछिकै उच्च
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात ६२.५४ अंकले बढेर २ हजार ७३८.०६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०७ प्रतिशतले बढेर ४८७.१० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार गत भदौ ३० पछिकै उच्च हो । त्यबेला १० अर्ब ३३ करोडबरारको कारोबार भएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘चाडपर्वको समाप्तीसँगै आज खुलेको बजारले सकारात्मक संकेत दिएको छ । आज कारोबार र भोल्युम पनि बढ्नुले यसलाई पुष्टि गरेको छ ।’

पौडेलका अनुसार तरलता फालाफाल भएको र अन्य क्षेत्रमा लगानी गर्ने विकल्प नभएको अवस्थामा पूँजी बजार अब सकारात्मक नै हुने देखिन्छ । ‘प्राविधिक रुपमा अब बजारले २७८२ विन्दुमा प्रतिरोध सामना गर्न सक्ने र त्यहाँभन्दा माथि लाग्यो भने बजारले राम्रो गति लिन सक्ने देखिन्छ,’ उनले भने ।  

अर्का बजार जानकार प्रकाश रजौरेले पनि चाडपर्वका कारण साइडवेजमा रहेको बजारमा करेक्सन सकिएको बताए । ‘राष्ट्र बैंकमा करिब ८ खर्ब लगानीयोग्य तरलता रहेको बेला ब्याजदर घट्दो अवस्थामा छ । त्यसैले राष्ट्र बैंकले आगामी समीक्षामा अझै केही लचक नीति अबलम्बन गर्न सक्ने देखिन्छ । जसको परिणाम स्वरुप बजारले ३२ सय विन्दु सहजै पार गर्नेछ,’ उनले भने ।  

प्राविधिक रुपमा पनि अब थर्ड वेभ चल्ने भएका कारण बजारले नयाँ उचाई हासिल गर्नेमा रजौरे ढुक्क देखिए ।        

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज हाईड्रो  समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४.२६ प्रतिशतले बढेर ३ हजार ५२०.१२ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह १.६२ प्रतिशत, विकास बैंक २.७१, वित्त २.४८,होटल ०.९६, होटल ०.९६,लगानी २.५६, जीवन बीमा २.१६,उत्पादन तथा प्रशोधन २.३२,लघुवित्त १.५१, म्युचुअल फण्ड ०.६२, निर्जीवन बीमा १.९५,अन्य २.५२ र व्यापार समूह १.१५ प्रतिशतले बढ्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३८ करोड ४ लाख बढीको सेयर कारोबार भयो । यस्तै समृद्धि फाइनान्सको ३४ करोड १९ लाख,ङादी ग्रुप पावरको २७ करोड ३ लाख र एचआईडीसीएलपीको १९ करोड ५६ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज गुराँस लघुवित्त,श्रृजनशिल लघुवित्त,सुपर मादी हाईड्रोपावर,बलेफि हाईड्रोपावर,नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन इष्टर्न हाईड्रोको सेयरमूल्य पनि ९.५० प्रतिशत,पिपुल्स पावरको ९.०७ र मैलुङखोला जलविद्युतको सेयरमूल्य पनि ९.०७ प्रतिशतले बढ्यो ।  

आज समाज लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य ४.८६ प्रतिशतले ओरालो लाग्यो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.