मंगलवार, फाल्गुन ५,२०८२ 12:44:36
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:44:36
Bizshala
Global IME Bank Limited

सेयरबजारको ओरालो यात्रा आजपनि जारी, जानकार भन्छन्,‘पुस मसान्तपछि बजारमा सुधार आउँछ’

सेयरबजारको ओरालो यात्रा आजपनि जारी, जानकार भन्छन्,‘पुस मसान्तपछि बजारमा सुधार आउँछ’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३९ प्रतिशत अर्थात १०.२९ अंकले घटेर २ हजार ६१०.६३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४५१.०७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ५ अर्ब १ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आजको बजारबारे बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘मार्केट अहिले पनि साइडवेजमै चलिरहेको छ । २५७० को विन्दु भन्दा तल नलाग्दासम्म मार्केट साइडवेजमै चल्ने देखिन्छ । अहिलेको बजारले हायर ट्रेन्ड सकाएर लो ट्रेन्ड समाएको बुझ्न सकिन्छ । साथै, अहिले सिजनअनुसार मार्केट बढ्नुपर्ने भएतापनि पुस मसान्तसको दबाबका कारण बजार माथि जान सकिरहेको छैन । सम्भवतः यो पुस समान्त सकिएपछि बजारमा थोरै सुधार देखिन सक्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये तीनवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह १.०४ प्रतिशत, होटल ०.६२ र व्यापार ०.३४ प्रतिशतले बढ्यो ।  

अन्य समूह आज सर्वाधिक अर्थात १.६९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१४, विकास बैंक ०.८०, फाइनान्स ०.१३, हाईड्रो ०.४९, लगानी ०.३२, जीवन बीमा ०.८८, लघुवित्त ०.३२, म्युचुअल फण्ड ०.२९ र निर्जीवन बीमा ०.८६ प्रतिशतले घट्यो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एसवाईपी प्यानलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, श्रीनगर एग्रीटकेको २२ करोड ८८ लाख, बुटवल पावरको १२ करोड २३ लाख, बन्दीपुर केवलकारको २२ करोड १३ लाख र एनआईसी एशिया बैंकको २१ करोड ९४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको दुईवटा मात्रै कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त र श्रीनगर एग्रीटेकको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यस्तै सान्भी इनर्जीको सेयरमूल्य ९.१६, सागर डिस्टिलरीको सेयरमूल्य ७.८३ र युनाइटेड इदी मर्दीको सेयरमूल्य ७.७० प्रतिशतले बढ्यो ।  

यो दिन न्यादी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.३२ प्रतिशतले घट्यो। नेपाल हाईड्रो डेभलपर्सको सेयरमूल्य पनि आज ४.३१ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ४.२१ प्रतिशतले घट्यो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.