बिहीबार, भाद्र ४,२०८३ 04:34:57
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 04:34:57
Bizshala
Global IME Bank Limited

सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘आधारभूत रुपमा बलिया कम्पनी चले बजार फर्किन्छ’

सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘आधारभूत रुपमा बलिया कम्पनी चले बजार फर्किन्छ’
New Office

काठमाण्डौ । बिहिबारको कारोबारका दिन सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२७ प्रतिशत अर्थात ७.१७ अंकले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले बढेर ४६२.८९ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टको ६३ लाख ६० हजार ९२३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १ करोड ९२ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब २९ करोड बढीको सेयर कारोबार भएको थियो ।

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने अन्य सबैमा रातो पोतिएको छ । आज हाईड्रो समूह सर्वाधिक बढ्यो । यो समूह आज ०.९९ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.२८ प्रतिशत, लगानी ०.०५, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.७४ र अन्य ०.०९ प्रतिशतले बढ्यो ।  

Bizshala
CG Motors

आज म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात ०.६५ प्रतिशतले घट्यो । यस्तै विकास बैंक ०.३७, फाइनान्स ०.१९, होटल ०.०५, लघुवित्त ०.०६, निर्जीवन बीमा ०.४८ र व्यापार ०.२१ प्रतिशतले घट्यो ।  

आजको बजारबारे बजार जानकार खोमनाथ प्याकुरेल भन्छन्, ‘आज बजार थोरै सम्हालिएको छ, तर अझैपनि बजारमा पोजेटिभ सेन्टिमेन्ट आएको छैन । केही फन्डामेन्टल स्ट्रङ कम्पनीमा भोल्युम आउँदा आज बजारमा सामान्य सुधार देखिएको मात्रै हो । यसबाहेक सरकारी निकायको गतिविधिमा लगानीकर्ता निराशापन कायमै छ ।’

उनले थपे, ‘सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालको विषय, अख्तियारले नयाँ कानून बनाउन सेयर लगानीकर्ताहरुको सम्पत्ति छानबिन गर्ने विषयले लगानीकर्ताको कन्फिडेन्ट अझै ‘लो’ बनाएको छ । सरकारले धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुलाई वेवास्ता गरेको छ । आजको भोल्युमले थोरै सर्पोट त गरेको छ, आगामी दिनमा फन्डामेन्टल रुपमा बलिया कम्पनी चल्न सक्यो भने वा भोल्युम बढ्दै गयो भने बजार फर्किन सक्छ ।’

सर्वाधिक कारोबार हुने कम्पनी

आज कृषि विकास बैंक बोण्डको सर्वाधिक कारोबार भयो । यो बोण्डको आज ५० करोड ६५ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पीनिङ मिल्सको ३० करोड ४ लाख, सोलु हाईड्रोको २२ करोड ९८ लाख, साहस उर्जाको १६ करोड ६९ लाख र सुपर मादी हाईड्रोको १६ करोड २१ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज माउन्ट एभेरष्ट पावर डेभलपमेन्ट र र सर्वोत्तम पेन्ट्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै एनआईसी एशिया सेलेक्ट फण्ड३० को मूल्य ६.६३ प्रतिशत, माण्डू हाईड्रोको ४.८७ र सानिमा मिडिल तमोरको मूल्य ४.८७ प्रतिशतले बढ्यो ।  

यो दिन कुमारी धनवृद्धि योजनाको मूल्य सर्वाधिक अर्थात ९.७७ प्रतिशतले घट्यो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.