आईतवार, बैशाख ६,२०८३ 11:21:30
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:21:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा गिरावट जारी, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’

Bizshala
नेप्सेमा गिरावट जारी, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३२ प्रतिशत अर्थात ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.९ प्रतिशतले बढेर ४४६.४४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६ अर्ब २८ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘पछिल्लो समय मुख्यतः गभर्नर नियुक्तीको विषयले नै सेयर बजारमा सुधार आउन सकिरहेको छैन । यस्तै सरकारको भविष्य र राजनीतिक कारणले गर्दा समेत लगानीकर्ताको मनोबल उकास्न सकेको छैन ।’

उनले अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले बजार लगानीकर्ताको तुलनामा कारोबारी हाबी भएको समेत बताए । ‘धेरै लगानीकर्ताले प्राविधिक विश्लेषण हेरेर लगानी गर्दा समेत बजारमा तीव्र उचारचढाव भएको छ । यद्यपी प्रशस्त तरलता भएका कारण बजार बियरिसमा गईहाल्ने अवस्था भने छैन ,’उनले भने  

अर्का बजार जानकार अर्जुन थापाले पनि सरकारको स्थायित्वको विषयका कारण बजारमा अन्यौलता छाएको बताए । ‘यसका साथै देशमा विभिन्न आन्दोलन चल्नु, आर्थिक मन्दीमा समेत कमी नआउनु र समयमै गभर्नर नियुक्त हुन नसक्नु जस्ता कारणले बजारमा सुधार आएको छैन,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतिएको छ। आज लगानी समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.८४ प्रतिशतले बढेर १११.३८ विन्दुमा पुग्यो ।  

यस्तै आज होटल समूह ०.२६, म्युचुअल फण्ड ०.२७ र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात १.६९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.२६ प्रतिशत,विकास बैंक ०.७१,फाइनान्स ०.९८,हाईड्रो ०.४३,जीवन बीमा ०.५७,उत्पादन तथा प्रशोधन ०.८९,लघुवित्त ०.१५ र अन्य समूह १ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि होल्डिङको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४५ करोड ३२ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज ४४ करोड ४६ लाख,राधि विद्युत कम्पनीको ४३ करोड ८२ लाख र हिमालयन रि इन्स्योरेन्सको आज ३९ करोड ३४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो । त्रिशुली जलविद्युतको सेयरमूल्य पनि आज ५.७८ प्रतिशत र राधी विद्युत कम्पनीको सेयरमूल्य ४.७६ प्रतिशतले बढ्यो ।  

विन नेपाल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन सिन्धु विकास बैंकको सेयरमूल्य पनि ९.९९ प्रतिशत,बलेफी हाईड्रोपावरको ९.९८ र गार्डियन माइक्रो लाइफको सेयरमूल्य ७.२० प्रतिशतले घट्यो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.