शुक्रबार, असार २६,२०८३ 04:53:50
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:53:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, ‘नाफा बुकको परिणाम’

Laxmi Sunrise Bank Limited
सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, ‘नाफा बुकको परिणाम’

काठमाण्डौ । सोमबार नेपाल स्टक एक्सचेञज(नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ४.१८ अंकले घटेर २ हजार ८३३.६० विन्दुमा सीमित बनेको छ ।  

आज बलिया कम्पनीको मापक सेन्सेटिक इन्डेक्स पनि ०.३१ प्रतिशतले ओरालो लागेर ४७६.६५ विन्दुमा झरेको छ । आज ३४२ वटा कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर ८ अर्ब ६६ करोड ५५ लाखमा किनबेच भयो ।  

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.६६ प्रतिशत, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फण्ड ०.३६ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढ्यो ।  

New Office
CG Motors
Garima Development Bank

अन्य समूह सर्वाधिक अर्थात १.६२ प्रतिशतले घटेको आज बैंकिङ समूह ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, लघुवित्त ०.४२ र व्यापार ०.२१ प्रतिशतले घट्यो ।  

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले लगानीकर्ताहरुले नाफा बुक गर्दा आज बजारमा सामान्य करेक्सन देखिएको बताए ।  

‘केही दिनअघि बजारमा राम्रै बढोत्तरी भएको थियो, जसकारण लगानीकर्ताहरुले नाफा बुक गरेका हुन्, त्यसैको आज सामान्य करेक्सन मात्रै देखिएको हो’ उनले भने, ‘साथै चैत मसान्तको प्रभावले ब्रोकरहरुले हिसाब मिलान गर्दा कारोबार अपेक्षा गरेअनुसार बढ्न सकेको छैन, तर बजार घट्दा कारोबार पनि घट्नुलाई नराम्रो भन्न मिल्दैन ।’

पूँजीबजार बढ्नका लागि सबै पक्षहरु सकारात्मक भएकाले बजारमा स–सानो करेक्सन देखिएर विस्तारै लय समात्ने फुल्लेलले बताए ।  

‘आज सार्वजनिक तथ्याङ्कअनुसार बैंक वित्तीइ संस्थाहरुको ब्याजदर घटेको छ, साथै बैंकिङ क्षेत्रमार तरलता पर्याप्त छ, अर्थमन्त्रीले समेत पूँजीबजार सुधारका लागि सम्बोधन गर्नुभएको छ, यस हिसाबमा सबै कुराहरु सकारात्मक नै देखिन्छन्,’उनले भने, ‘बजेटको समय छ, अब केही समयपछि सरकारको नीति तथा कार्यक्रम समेत सार्वजनिक हुनेछ, जसमा पूँजीबजारलाई समेत उल्लेख्य प्राथमिकता दिइने आशा छ, लगानीकर्ताले अपेक्षा गरेअनुसारको नीति आएमा देशको अर्थतन्त्रसँगै पूँजीबजारमा समेत सुधार आउने देखिन्छ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुन कम्पनीको कतिको कारोबार ?

आज नेशनल हाईड्रोपावरको सर्वाधिक अर्थात ९३ करोड १९ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिडी पावरको ४९ करोड १९ लाख, रिलायन्स स्पिनिङ मिल्सको ४५ करोड ४४ लाख, आँखुखोला जलविद्युतको ३८ करोड ८१ लाख र एसवाई प्यानल नेपालको ३२ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।  

कुन कम्पनीको मूल्यमा भयो कति घटबढ ?

आज कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सुपरखुदी हाईड्रो, सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्टको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज मेन्छियाम हाईड्रोको सेयरमूल्य ९.०१ प्रतिशत, उपकार लघुवित्तको ७.१७ र नेशनल हाईड्रोको सेयरमूल्य ६.६७ प्रतिशतले बढ्यो ।  

आज युनिक नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ३.६० प्रतिशतले घट्यो ।     

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.