सोमबार, फाल्गुन ४,२०८२ 08:20:29
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 08:20:29
Bizshala
Global IME Bank Limited

झिनो अंकले घट्यो सेयरबजार, कारोबार ४.४८ अर्ब

झिनो अंकले घट्यो सेयरबजार, कारोबार ४.४८ अर्ब
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०२ प्रतिशत अर्थात ०.५३ अंकले घटेर २ हजार ६६४.७० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४५३.९९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर ४ अर्ब ४८ करोड १३ रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘‘प्राविधिक रुपमा बजार ‘डब्लुएक्सवाई’ वेभबाट २७ सयको विन्दुसम्म पुग्ने टार्गेट थियो तर पुग्न सकेन । मार्केटको सिनारियो हेर्दा बजार  ‘सी’ वेभमा चलेको देखिन्छ । फन्डामेन्टल रुपमा हेर्दा लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षालाई रियाक्ट गर्न सकेनन् । समीक्षा राम्रै आएपनि लगानीकर्ताले गुड रेसपोन्स गर्न नसक्दा मार्केट केही तल जाने देखिन्छ । अब मार्केट माथि जाने टार्गेट र्याली सकिएको देखिन्छ । केही दिन अझै करेक्सन भई २४ सयको विन्दु आसपास मार्केट चल्ने देखिन्छ ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । व्यापार समूह आज सर्वाधिक अर्थात ०.७५ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.१७, फाइनान्स ०.२७, हाईड्रो ०.७०, उत्पादन तथा प्रशोधन ०.५१, म्युचुअल फण्ड ०.२५, निर्जीवन बीमा ०.२६ र व्यापार समूह ०.७५ प्रतिशतले बढ्यो । अन्य समूह पनि आज ०.०७ अंकले बढ्यो ।

आज होटल समूह सर्वाधिक अर्थात ०.६२ प्रतिशतले घट्यो । बैंकिङ समूह ०.५८ प्रतिशत, लगानी ०.०४, जीवन बीमा ०.५७ र लघुवित्त ०.०६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनियन हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३१ करोड ८१ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै माउन्टेन इनर्जीको २२ करोड ९४ लाख, ङादी ग्रुप पावरको १६ करोड १६ लाख, ग्रीन भेन्चर्सको ११ करोड ११ लाख र युनाइटेड मोदीको १० करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी,माबिलुङ इनर्जी, बुङ्गल हाईड्रो र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै रसुवागढी हाईड्रोपावरको सेयरमूल्य ८.६१ प्रतिशत, विकास हाईड्रोको ६.४८ र दरमखोला हाईड्रो इनर्जीको सेयरमूल्य ६.२७ प्रतिशतले बढ्यो ।  

यो दिन ग्रीन भेन्चर्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.८५ प्रतिशतले घट्यो । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य पनि आज ३.८८ र पोखरा फाइनान्सको सेयरमूल्य २.५० प्रतिशतले घट्यो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.