मंगलवार, कार्तिक ३,२०८३ 04:39:07
  • मंगलवार, कार्तिक ३,२०८३ 04:39:07
Global IME Bank Limited

सामान्य अंकले बढ्यो नेप्से, अन्य समूह सर्वाधिक बढ्यो

Bizshala
सामान्य अंकले बढ्यो नेप्से, अन्य समूह सर्वाधिक बढ्यो
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.०८ अंकले बढेर २ हजार ६१३.०८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले बढेर ४४०.१४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर ६ अर्ब १९ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भन्छिन्  ‘बजारको हालको समग्र अवस्था हेर्दा सकारात्मक नै छ । पुस मसान्तको दबाबको अन्त्यपश्चात बजार जुन हिसाबले अघि बढ्नु पर्ने हो, त्यसरी नै बजार वृद्धि बढीहरको छ ।  

पोखरेलले सरकारबाट पूँजी बजारको विकास तथा वृद्धिका लागि केही पनि पहलकदमी नचालिएका कारण लगानीकर्ताको मनोबल कमजोर बनेको उनले बताइन् ।  

अर्का बजार जानकार उपेन्द्र पाठकले बजारमा लगानीकर्ताहरु निर्जीवन बीमातर्फ उन्मुख भएको देखिएको बताए । ‘यद्यपी बजार केही समय साइडवेज नै चल्न सक्ने देखिन्छ । राष्ट्र बैंकका गभर्नरको कार्यकाल समाप्तीसँगै नीतिगत परिवर्तन भएमा बजारले लय समात्ने छ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात २.७९ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.१९ प्रतिशत,होटल ०.७८,लगानी ०.७४,जीवन बीमा १.१०,उत्पादन तथा प्रशोधन ०.८९,लघुवित्त ०.०३ र निर्जीवन बीमा १.७८ प्रतिशतले बढ्यो ।

व्यापार समूह आज २.१० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३५,फाइनान्स १.०३,हाईड्रो ०.९२ र म्युचुअल फण्ड ०.४८ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सीईडीबी होल्डिङ्ग्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड ७६ लाख बढीको कारोबार भयो । सप्तकोशी डेभलपमेन्ट बैंकको आज २१ करोड ६६ लाख,नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५३ लाख र सुपर मादी हाईड्रोको १६ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज मन्दाकिनी हाईड्रोको सेयरमूल्य १० प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०६ प्रतिशत,न्यादी हाईड्रोको ७.५३,सीईडीबी होल्डिङको ६.९३ र नेपाल पुनर्बीमा कम्पनीको ५.८२ प्रतिशतले बढ्यो ।  

यो दिन रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ८.९६ प्रतिशतले घट्यो । मानुषि लघुवित्तको सेयरमूल्य आज ६.७५ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.२२ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.