आईतवार, चैत्र २,२०८१ 06:00:26
IME remit
  • आईतवार, चैत्र २,२०८१ 06:00:26
IME remit
Global IME Bank Limited

नेप्सेमा गिरावटका साथ साताको सुरुवात, जानकार भन्छन्, ‘राजनीतिक विषयले बजार घट्दै छ’

Hyundai Nepal
नेप्सेमा गिरावटका साथ साताको सुरुवात, जानकार भन्छन्, ‘राजनीतिक विषयले बजार घट्दै छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७९ प्रतिशत अर्थात २१.६३ अंकले घटेर २ हजार ७१४.८५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ४५४.९१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘अहिले बजार विशेष गरेर २–३ वटा कारणले घटेको छ । पहिलो भनेको राजनीतिक विषय नै हो । त्यसैगरी अन्तराष्ट्रिय सेयर बजारमा समेत गिरावट आउदा त्यसको प्रभाव नेपाली बजारमा परेको छ । गत साता केही इन्भेष्टमेन्ट कम्पनीका बारेमा आएको खबरले समेत बजार प्रभावित बनेको छ ।’

उनले नयाँ गभर्नर आउने भनेर उचालिएको बजारले करेक्सन लिएको हुनसक्ने समेत आँकलन गरे । पौडेलले यस्तो बेला संस्थागत लगानीकर्ताले आफ्नो उपस्थिती जनाउन नसकेको समेत गुनासो गरे ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि अहिले बजार घट्नुमा राजनीतिक विषय नै मुख्य कारण भएको बताए । विष्टले केही दिनमै बजार सम्हालिने समेत विश्वास व्यक्त गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो। आज व्यापार समूह मात्रै ४.९२ प्रतिशतले बढ्यो ।  

विकास बैंक समूह आज सर्वाधिक अर्थात २.२५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.८० प्रतिशत, फाइनान्स १.३९, होटल ०.५३,हाईड्रो १.२९, लगानी १.७२,जीवन बीमा १.०६, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त ०.८८, म्युचुअल फण्ड ०.०४,निर्जीवन बीमा ०.७२ र अन्य समूह १.५२ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५८ करोड ६६ लाख बढीको कारोबार भयो । महालक्ष्मी विकास बैंकको पनि आज ३७ करोड ३० लाख, घलेम्दी हाईड्रोको ३६ करोड ९४ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १६ लाख र गार्डियन माइक्रो लाइफको २६ करोड २० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज सामुदायिक लघुवित्तको सेयरमूल्य ५.३४ प्रतिशत,आरएसडीसी लघुवित्तको ४.४३ र अपर हेवाखोला हाईड्रोको सेयरमूल्य ४.१८ प्रतिशतले घट्यो ।  

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ७.९१ प्रतिशतले घट्यो । पिपुल्स हाईड्रोको सेयरमूल्य पनि आज ७.३३ प्रतिशत र विन नेपाल लघुवित्तको सेयरमूल्य पनि ६.६३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.