काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.६४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.०९ प्रतिशतले घटेको छ । आज १८ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.८२ प्रतिशतले बढेर ४७४.५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सिटिजन लाइफको १.२४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.८७ प्रतिशत, आइएमई लाइफको ०.८९ प्रतिशत, एलआइसी नेपालको ०.४८ प्रतिशत, नेपाल लाइफको ०.८३ प्रतिशत, नेशनल लाइफको ०.९९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२३ प्रतिशत र सूर्यज्योति लाइफको ण्.४२ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै हिमालयन एभरेष्टको ०.०६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६८ प्रतिशत, एनएलजीको ०.०१ प्रतिशत, प्रभुको ०.७७ प्रतिशत, सानिमा जिआइसीको ०.८८ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.८५ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल माइक्रो इन्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ ३.२१ प्रतिशतले घटेर १२९७ रुपैयाँ कायम भएको छ । यसका साथै नेको इन्स्योरेन्सको ०.४० प्रतिशत, आरबीसीएलको ०.३३ प्रतिशत, सलिकोको ०.६८ प्रतिशत, युनाइटेड अजोडको ०.२५ प्रतिशत, एशियन लाइफको ०.५५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३६ प्रतिशत, हिमालयन रि को ०.११ प्रतिशत र नेपाल रि को १.३५ प्रतिशतले घटेको छ ।

