मंगलवार, कार्तिक ३,२०८३ 01:15:52
  • मंगलवार, कार्तिक ३,२०८३ 01:15:52
Global IME Bank Limited

लगातार दुईदिन बढ्यो नेप्से, जानकार भन्छन्,‘तीव्र बार्गेनिङका कारण बजार घट्न मानिरहेको छैन’

Bizshala
लगातार दुईदिन बढ्यो नेप्से, जानकार भन्छन्,‘तीव्र बार्गेनिङका कारण बजार घट्न मानिरहेको छैन’
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ९.४४ अंक अर्थात ०.४५ प्रतिशतले बढेर २ हजार ०८५.७१ बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.३८ प्रतिशतले घटेर ३७७.८३ बिन्दुुमा पुगेको छ । 

यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१५ वटा कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर २ अर्ब ५९ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे जानकार उपेन्द्र पाठक भन्छन्-‘बजार घट्न मानिरहेको छैन । किनकी बजारमा किन्ने र बेच्नेबीच तीव्र मोलमोलाई चलेको छ । यसले बजार २ हजारभन्दा तल आउदैन भन्ने नै हो । ’

लगानीकर्ताले राष्ट्र बैंकको लचिलो अर्धवार्षिक समीक्षा कुरिरहेको उनले बताए । लचिलो नीति आएको खण्डमा अहिलेको मूल्यमा सेयर किन्न नपाइने उनले दाबी गरे । राष्ट्र बैंकको समीक्षामा जोखिमभार घट्ने र १५/२० करोडको क्याप हट्ने लगानीकर्ताको अपेक्षा रहेको पाठकले बताए ।  

अर्का जानकार टेकेन्द्र थपलियाको विचारमा पनि आज बजारमा तीव्र मोलमोलाई चल्यो । जसका कारण कारोबार पनि साढे २ अर्बमा सीमित भएको छ । उनले भने,‘अर्को महिनाका लागि नयाँ ब्याजदर पनि आउने बेला भएको छ । त्यसैले लगातार दुईदिन बढेको बजारलाई घट्न रोकिएको मान्न सकिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसूचकमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छाएको छ । आज उत्पादन तथा प्रशोधन उपसूचकमा सर्वाधिक १.०८ प्रतिशतको वृद्धि देखियो ।  

त्यस्तै,बैंकिङ उपसूचक ०.१८,विकास बैंक ०.८६, वित्त ०.३१,होटल ०.७५,हाईड्रो ०.७७,लगानी ०.२०, जीवन बीमा ०.७५,लघुवित्त ०.८३,म्युचुअल फण्ड ०.२४ र निर्जीवन बीमा उपसूचक १.०७ प्रतिशतले बढे ।  

यो दिन अन्य उपसूचक ०.५५ र व्यापार उपसूचक ०.५४ प्रतिशतले ओरालो लागे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

धेरै कारोबार गर्ने कम्पनीमा आज पनि 'हिमालयन रि'ले आफ्नो दबदबा कायम राखेको छ । आज यो कम्पनीको ३३ करोड ७६ लाख बढीको सेयर कारोबार भएको छ । 

यो दिन माउन्टेन इनर्जीको १६ करोड ६५ लाख, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ७४ लाख, एनटीसीको ७ करोड ३५ लाख र हाथवे इन्भेष्टमेन्ट कम्पनीको ७ करोड ३० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका दुई कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ । आज समाज लघुवित्तको सेयरमूल्य ९.९९ र गुराँस लघुवित्तको सेयरमूल्य ९.४२ प्रतिशतले बढेको छ ।  

यसैगरी, यूनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य ७.४०, दोर्दी खोलाको ६.९६ र लक्ष्मी उन्नति कोषको सेयरमूल्य ६.३२ प्रतिशतले बढेको छ ।  

आज सामलिङ पावरको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको गिरावट आएको छ ।  

त्यस्तै एनटीसीको सेयरमूल्य ५.१० प्रतिशत र मिडसोलु हाईड्रोको सेयरमूल्य २.१३ प्रतिशतले घटेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.