आईतवार, बैशाख ६,२०८३ 11:09:23
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:09:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा सामान्य अंकको गिरावट, साइडवेज फेजको करेक्सन चलिरहेको विश्लेषकको ठहर

Bizshala
नेप्सेमा सामान्य अंकको गिरावट, साइडवेज फेजको करेक्सन चलिरहेको विश्लेषकको ठहर
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ४.९८ अंकले घटेर २ हजार ५६१.०८ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले घटेर ४४२.२६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३८ वटा स्क्रिप्टको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु)ले हालको करेक्सन फेज २४ सयदेखि ३ हजार विन्दुमा लामो समयसम्म रहन सक्ने बताए । उनले हाल साइडवेज फेजको करेक्सन चलिरहेकाले बजार तत्काल माथि जाने सम्भावना कम रहेको औंल्याए ।  

अर्का बजार जानकार यज्ञ घिमिरेले पनि पछिल्लो समय सेयरबजार निरन्तर घटिरहेको र यसले लगानीकर्ताको मनोबल घटेको बताए । उनले सेयरबजारप्रति नकारात्मक धारण राख्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सरकारले पक्राउ गरेकाले अघिल्लो दिन भने बजारमा केही सुधार आएको प्रतिक्रिया दिए ।  

‘आजको गिरावलाई खासै घटेको मान्न सकिन्न । राजनीतिक माहौलमा सुधार आउँदै गयो भने बजारपनि बढ्दै जान्छ । लगानीकर्ता अझैपनि लगानी गर्न हच्किरहेका छन्,’ उनले भने । सानोतिनो घटाई स्वभाविक भएको भन्दै उनले राजनितिक अवस्था स्थिर बने बजार ३ हजार विन्दु पार पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार हाल लगानीकर्ता पर्ख र हेरकै अवस्थामा छन् ।    

CG Motors
Garima Development Bank
IME remit

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूहमा सर्वाधिक बढ्यो। यो समूह आज १.१६ प्रतिशतले बढ्यो।  

यस्तै उत्पादन तथा प्रशोधन समूह ०.४२ प्रतिशत, म्युचुअल फण्ड ०.३५ र व्यापार समूह ०.३५ प्रतिशतले बढ्यो ।  

विकास बैंक समूह आज सर्वाधिक अर्थात १.०९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१६ प्रतिशत, फाइनान्स ०.६८, हाईड्रो ०.१४, लगानी ०.४४, जीवन बीमा ०.५३, लघुवित्त ०.०८, निर्जीवन बीमा ०.५७ र अन्य समूह ०.४७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन वरुण हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २७ करोड ४० लाख बढीको कारोबार भयो । साहस उर्जा कम्पनीको पनि आज १९ करोड ६० लाख, राधी विद्युतको १५ करोड ९४ लाख, युनियन हाईड्रोको ११ करोड ४ लाख र सिनर्जी पावरको १० करोड ८७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज माबिलुङ इनर्जी, दरमखोला हाईड्रो, सागर डिस्टिलरी, हिमस्टार उर्जा, बुङ्गल हाईड्रो, सान्भि इनर्जी, बन्दिपुर केवलकार र झापा इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै स्वस्तिक लघुवित्तको सेयरमूल्य ८.१८ प्रतिशत र पियोर इनर्जीको सेयरमूल्य ६.९३ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.०३ प्रतिशतले घट्यो ।   

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.