बुधबार, चैत्र २०,२०८१ 03:10:53
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:10:53
IME remit
Global IME Bank Limited

६ कारोबारमा ७७.३१ अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार परिपक्व बन्दै’

Hyundai Nepal
६ कारोबारमा ७७.३१ अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार परिपक्व बन्दै’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.५३ अंकले बढेर २ हजार ६५३.३८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले बढेर ४५१.५० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘केही दिनयता नेप्सेमा लागातार सुधार आउदा कारोबार र भोल्युम पनि सँगसँगै बढेको छ । पुस मसान्तको दबाब सकिदै गरेको,सस्तोमा किन्न चाहनेले खरिद बढाएका कारण बजारमा सुधार आएको छ ।’

यद्यपी बैंकको मुद्दती निक्षेपमा राख्नेहरु खुलेर सेयर बजारमा आउन नचाहेका कारण बजारले अझै पनि अपेक्षा अनुरुप प्रदर्शन गर्न नसकेको उनले बताए । ‘ कार्यकाल सकिदै गर्दा लगानीकर्ताहरुले गभर्नरलाई जतिसक्दो चाडो बिदाई गर्न चाहेका छन् । विगतमा पनि नयाँ गर्भनर आएपछि केही न केही नीतिगत परिवर्तन भएका कारण लगानीकर्ता नयाँ गभर्नरको व्यग्र प्रतिक्षामा देखिन्छन्’ उनले भने ।  

पाठकले बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक प्रतिवेदन आउँदै गर्दा बजार घट्ने सम्भावना भने कमै रहेको दाबी गरे ।  

अर्का बजार जानकार सन्ध्या कटुवालको विचारमा पनि बजारमा पुस मसान्तको दबाब सकिदै गरेको र लगानीकर्ताले ब्याजको जोहो गरिसकेको बताइन् । ‘यस कारण बजार सम्हालिने क्रममा रहेको छ । अब बजार घट्नु पर्ने कुनै कारण नभएको र साना–सानो अंकले बजार बढ्नुलाई बजार परिपक्व हुँदै गरेको रुपमा लिन सकिन्छ,’ उनले भनिन् ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा मात्रै हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ४.७७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह २.५३,हाईड्रो ०.२६,जीवन बीमा ०.४०,उत्पादन तथा प्रशोधन ०.४० र लघुवित्त १.५९ प्रतिशतले बढ्यो ।  

आज व्यापार समूह सर्वाधिक अर्थात १.५६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.२६ प्रतिशत,होटल ०.०६,लगानी ०.३८,म्युचुअल फण्ड ०.१०,निर्जीवन बीमा ०.१३र अन्य ०.२६ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन न्यादी हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड ५३ लाख बढीको कारोबार भयो । सिन्धु विकास बैंकको पनि आज १९ करोड ७७ लाख, सुपर मादी हाईड्रोको १८ करोड ५९ हजार,एनआरएन इन्फ्रास्ट्रक्चरकाृ १५ करोड ४२ लाख र नेपाल फाइनान्सको १४ करोड ७४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज समृद्धि फाइनान्स, सिन्धु विकास बैंक,चिरख्वा हाईड्रो र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज न्यादी हाईड्रोको सेयरमूल्य ९.३३ प्रतिशत,आत्मनिर्भर लघुवित्तको ७.४५ र रिलायन्स फाइनान्सको सेयरमूल्य ७.२९ प्रतिशतले बढ्यो ।  

सामूदायिक लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । बाराही हाईड्रोको सेयरमूल्य पनि आज ९.६९ प्रतिशत,त्रिशुली जलविद्युतको ६.१३ र दोल्ती पावरको सेयरमूल्य ५.३३ प्रतिशतले घट्यो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.