आईतवार, बैशाख ६,२०८३ 11:17:13
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:17:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुईदिनमा ८० अंकले बढ्यो नेप्से, ‘गभर्नरका लागि चर्चामा रहेका व्यक्तिहरुप्रति आशावादी लगानीकर्ता’

Bizshala
दुईदिनमा ८० अंकले बढ्यो नेप्से, ‘गभर्नरका लागि चर्चामा रहेका व्यक्तिहरुप्रति आशावादी लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.५८ प्रतिशत अर्थात ४१.४३ अंकले बढेर २ हजार ६६३.३० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३५ प्रतिशतले बढेर ४४६.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर ५ अर्ब २२ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यससँगै नेप्सेमा लगातार दुईदिन वृद्धि देखिएको छ । यो दुई दिनमा नेप्से परिसूचकमा ८० अंकको सुधार आएको छ ।  

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  केही दिनदेखि राजनीतिक कारणले घटेको बजार दुई दिनयता सम्हालिदै गएको देखिन्छ । अहिले नयाँ गभर्नरका लागि चर्चामा रहेका व्यक्तिहरुप्रति लगानीकर्ता आशावादी बन्दा बजारमा सुधार आएको छ ।’

घटेको समयमा पैसा हुनेले अवसर छोपेकाले सूचकसँगै कारोबार पनि बिस्तारै बढ्दै गएकाले उनले बताए ।  

अर्का बजार जानकार यज्ञ घिमिरेले बजारमा चैत मसान्तको दबाब कम हुँदै गएको, राजनीतिक विषयको प्रभाव कम हुँदै गएको र नयाँ आउने गभर्नरप्रतिको आशाका कारण बजार बढेको बताए । ‘प्राविधिक रुपमा पनि बजारले २५८० बाट सपोर्ट लिएर फर्केका कारण पनि लगानीकर्ताको मनोबलमा सुधार आएको छ।’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज व्यापार समूह सर्वाधिक अर्थात ५.०५ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.९९ प्रतिशत,विकास बैंक १.१८, फाइनान्स १.४५, होटल ०.६५, हाईड्रोपावर १.२१, लगानी २.१६,जीवन बीमा १.७९,उत्पादन तथा प्रशोधन १.०१,लघुवित्त २.२८,म्युचुअल फण्ड ०.४१,निर्जीवन बीमा ०.९५ र अन्य समूह १.६८ प्रतिशतले बढ्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५१ करोड १८ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमाको पनि आज २७ करोड ७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोड ३३ लाख,सिईडिबि होल्डिङको २० करोड ४९ लाख र ग्रीन डेभलपमेन्ट बैंकको १८ करोड ९४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गुराँस लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

यस्तै सपोर्ट माईक्रोफाइनान्सको ८.६०, मानुषी लघुवित्तको ७.७८ र अभियान लघुवित्तको सेयरमूल्य ७.६१ प्रतिशतले बढ्यो ।  

कुमारी सबल योजनाको मूल्य आज सर्वाधिक घट्यो । यो योजनाको मूल्य आज १.८२ प्रतिशतले ओरालो लाग्यो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.