मंगलवार, बैशाख ९,२०८२ 06:27:56
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 06:27:56
IME remit
Global IME Bank Limited

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएकै दिन घट्यो नेप्से, जानकार भन्छन्,‘नाफा बुकको परिणाम हो’

Hyundai Nepal
अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएकै दिन घट्यो नेप्से, जानकार भन्छन्,‘नाफा बुकको परिणाम हो’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात १७.१८ अंकले घटेर २ हजार २४०.४१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले घटेर ३९७.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘अर्थमन्त्रीमा विष्णु पौडेल आउने हल्लाले यस अघिनै सेयर बजार लगातार ४ दिन १० प्रतिशत बढिसकेको थियो । त्यहि कारण आज नाफा बुक भएका कारण बजारमा गिरावट देखिएको हो ।’

बजार ग्यापअप ओपनिङ गर्दै माथि गईरहेको बजारमा आजको नाफा बुक स्वभाविक रहेको थापाले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलको विचारमा पनि अर्थमन्त्रालयमा विष्णु पौडेल आउने विषयले पहिले नै बजार बढिसकेका कारण आज स्वभाविक नाफा बुक भएको हो ।‘अबको बजारको दिशा आगामी दिनमा अर्थमन्त्रीले चाल्ने कदममा निर्भर हुने देखिन्छ । अहिले २२७८ मा बलियो प्रतिरोध सामना गरेको बजारले अब नीतिगत सुधार नै खोजेको देखिन्छ । अन्यथा बजार केहि समय साइडवेज नै चल्न सक्ने पनि देखिन्छ ,’उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा मात्रै हरियाली छायो । आज लगानी समूह सर्वाधिक अर्थात १.७० प्रतिशतले बढ्यो । म्युचुअल फण्ड समूह आज १.६७ प्रतिशत,हाईड्रो ०.७३ र उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशतले बढ्यो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आज विकास बैंक समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह आज १.८९ प्रतिशतले घट्यो । बैंकिङ समूह १.४८ प्रतिशतले घटेको आज वित्त ०.५२, होटल १.७६,जीवन बीमा १.६५,लघुवित्त १.४१,निर्जीवन बीमा ०.९१,अन्य १.१९ र व्यापार समूह ०.५२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन अपर तामाकोशी हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३६ करोड ९३ लाख बढीको सेयर कारोबार भयो । निफ्राको आज २१ करोड ६० लाख बढीको,जानकी फाइनान्सको १९ करोड ११ लाख,ङादी ग्रुपको १७ करोड ४० लाख र सिईडिबि हाईड्रोको १६ करोड ४८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सिभिल बैंक डिबेञ्चर,सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र नबिल ग्रोथ फण्डको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

आज जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । साथै सामलिङ्ग पावरको सेयरमूल्य ५.६८ प्रतिशत,नेपाल वेयरहाउजिङको सेयरमूल्य ४.१६ र आशा लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.