मंगलवार, बैशाख ९,२०८२ 03:06:34
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 03:06:34
IME remit
Global IME Bank Limited

लगातार चार दिन घट्यो नेप्से,‘नकारात्मक समाचारले बढ्न सकेन बजार’

Hyundai Nepal
लगातार चार दिन घट्यो नेप्से,‘नकारात्मक समाचारले बढ्न सकेन बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ६.४६ अंकले घट्दै २ हजार २६.५९ बिन्दुमा झरेको छ ।  

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सिेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घट्दै ३६३.०७ बिन्दुमा सीमित भएको छ ।  

आजको बजारबारे अर्थशास्त्री सूर्य नारायण पौडेल भन्छन्,‘लगानीकर्ताको मनोबल कमजोर बन्दा बजार बढ्न सकेन । बैंक तथा वित्तीय क्षेत्रका बारेमा नकारात्मक समाचार आउनु्,नियामक निकाय कमजोर बन्नु जस्ता विषयले बजार माथि जान सकेन । त्यसैले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । ’

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

प्राविधिक रुपमा बजार डिमान्ट जोनमा नै भएको र कुनै पनि बेला बजारमा पुलब्याक हुन सक्ने पौडेल बताउँछन् ।  

अर्का बजार जानकार अर्जुन थापा भन्छन्‘मौद्रिक नीतिको समीक्षा सोचे अनुरुप नआएका कारण लगानीकर्ताको मनोबल कमजोर बन्दा बजार बढ्न सकेन ।’ निक्षेपको ब्याजदर घटेतापनि कर्जाको ब्याजदर नघट्दा लगानीकर्ताको मनोबल बढ्न नसकेको थापा बताउँछन् ।   

आज बजारमा ३१३ कम्पनीका ६३ लाख ४१ हजार १७४ कित्ता सेयर २ अर्ब २२ करोड रुपैयाँ बढीको कारोबा भएको छ ।  

आज उत्पादन र प्रशोधन बाहेक अन्य सबै समूहमा गिारवट आएको छ । आज उत्पादन तथा प्रशोधन समूह २.८४ प्रतिशतले बढ्यो । ्

बैंकिङ समूह ०.२७ प्रतिशतले घटेको आज विकास बैंक ०.६१,वित्त ०.२५,होटल ०.७३,हाईड्रो ०.८८,लगानी ०.५०,जीवन बीमा ०.२८,लघु्वित्त ०.२६,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा ०.३०,अन्य ०.८७ र व्यापार समूह ०.४० प्रतिशतले घटे ।  

सबेभन्दा धेरै कमाउने र गुमाउने  

आज बजारमा चारवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य १० प्रतिशत,हिमालयन उर्जा विकास १० प्रतिशत, समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशत र बोटलर्स नेपाल(तराई)को सेयरमूल्य ९.९९ प्रतिशतले बढ्दै सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ ।  

यो दिन पिपुल्स  पावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यो कम्पनीको सेयरमूल्य ७.८४ प्रतिशतले ओरालो लागेको छ ।  

त्यस्तै हिमालयन हाईड्रोपावरको सेयरमूल्य ४.२६ प्रतिशत,त्रिशुली जलविद्युत कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ४.०५ प्रतिशतले घटेको छ ।  

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको ११ करोड २२ लाख बढीको सेयर कारोबार भएको छ । यो दिन एनआईसी एशिया बैंकको ६ करोड २६ लाख र पिपुल्स हाईड्राको ६ करोड ९ लाख बढीको सेयर कारोबार भएको छ ।    

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.