आईतवार, बैशाख ६,२०८३ 11:16:52
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:16:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ

Bizshala
२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५ं४६ अंकले बढेर २११९.६९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको २ लाख २१ हजार ६७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.९७ प्रतिशत र निर्जीवन बीमा समूह ०.५८ प्रतिशतले बृद्धि भएको छ । बीमा समूह बढ्दा आज २४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.४२ अंकले बढेर ४८०.८० रुपैयाँ पुगेको छ । 

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ३.१० प्रतिशत, आइएमई लाइफको २.९२ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.५० प्रतिशत, सानिमा जिआइसीको २.३७ प्रतिशत, रिलायबल नेपाल लाइफको २.३४ प्रतिशत, एशियन लाइफको २.२६ प्रतिशत, हिमालयन लाइफको १.६६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.६३ प्रतिशत, नेशनल लाइफको १.६३ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.३२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.२३ प्रशित र नेपाल इन्योरेन्सको १.२१ प्रतिशतले सेयरभाउ बढेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसका साथै एलआइसी नेपालको ०.६६ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.४९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३८ प्रतिशत, नेपाल लाइफको ०.३६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२९ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.१७ प्रतिशतले सेयरभाउ बढेको छ । आज दुईवटा बीमा कम्पनीको मात्रै सेयरमूल्य घटेको छ । राष्ट्रिय बीमा कम्पनीको ०.७८ प्रतिशतले घटेर १३०५२ रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.११ प्रतिशतले घटेर ७८७ रुपैयाँ कायम भएको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.