बुधबार, चैत्र २०,२०८१ 03:44:05
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:44:05
IME remit
Global IME Bank Limited

मौद्रिक नीतिको संघारमा दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘लगानीकर्ताको मनोबल उच्च’

Hyundai Nepal
मौद्रिक नीतिको संघारमा दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘लगानीकर्ताको मनोबल उच्च’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३२ अंकले बढेर २ हजार ५६८.११ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५६ प्रतिशतले बढेर ४६०.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अर्जुन थापा भन्छन्,  ‘अहिले तरलता फालाफाल र ब्याजदर निकै घटेका कारण लगानीकर्ताको मनोबल बढेको छ । मुद्दती निक्षेपको ब्याजदर पनि निकै घटेको छ । यस्तै सरकारले पनि घरजग्गा तथा सेयर बजार चलायमान बनाउने नीति अबलम्बन गर्ने बताएकाले बजार आज पनि करेक्सन हुँदै सम्हालिएको छ ।’

अर्का बजार जानकार सुमन कुमार रिजालले पनि ठूला दलहरु मिलको र घरजग्गा तथा सेयर बजार चलायमान नीति लिने घोषणा गरेकाले बजारमा उत्साह आएको बताए ।‘आज पनि बजार केहि करेक्सन हुँदै पुनःमाथि लागेको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । लगानीकर्ता मौद्रिक नीतिको ब्यग्र प्रतिक्षामा भएकाले मौद्रिक नीति पछि बजारले लिने दिशाका बारेमा आँकलन गर्न सकिनेछ ।’  

Shivam Cement
Bizshala
CG Motors

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लघुवित्त क्षेत्रमा सर्वाधिक उछाल आयो । यो समूह आज ६.८३ प्रतिशतले बढेर ७ हजार ७९५ विन्दुमा पुग्यो । यस्तै आज बैंकिङ समूह १.३६ प्रतिशत,वित्त १.२२,होटल ०.४२,जीवन बीमा ०.७१,उत्पादन तथा प्रशोधन ०.८६,म्युचुअल फण्ड ०.६९,निर्जीवन बीमा २.९५ र व्यापार समूह ०.८१ प्रतिशतले बढ्यो ।  

आज विकास बैंक समूह ०.३५ प्रतिशत,हाईड्रो ०.१०,लगानी ०.७३ र अन्य समूह ०.३३ प्रतिशतले घट्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३४ करोड १७ लाख बढीको सेयर कारोबार भयो । हिमालयन लाइफको आज २४ करोड ६४ लाख, शिवम् सिमन्टको २३ करोड ७२ लाख, फर्स्ट माईक्रोफाइनान्सको २३ करोड ५९ लाख र हिमालयन रिइन्स्योरेन्सको २० करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज उपकार लघुवित्त, जीवन विकास लघुवित्त,एशियन हाईड्रो,गणपति लघुवित्त,राष्ट्रिय बीमा कम्पनी,आरएसडीसी लघुवित्त,नाडेप लघुवित्त र लक्ष्मी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ९.५७ प्रतिशत,डिप्रोक्स लघुवित्त ९.५० र नेपाल फाइनान्सको सेयरमूल्य ९.३७ प्रतिशतले बढ्यो ।  

यो दिन मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ७.६५ प्रतिशतले घट्यो । माण्डु हाईड्रोको सेयरमूल्य आज ४.६८ प्रतिशत र कालिका पावरको सेयरमूल्य ३.८१ प्रतिशतले घट्यो ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.