काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.१३ अंकले बढेर २ हजार ४८८.०७ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२० प्रतिशतले घटेर ४४८.७८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको ३ करोड ९६ लाख २ हजार २७ कित्ता सेयर १३ अर्ब ८१ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजयसिंह थाप(जयशम्भु) भन्छन्, ‘लगातार बढेको बजार आज भने केहि कमजोर बनेको देखिन्छ । बजारमा आज तीव्र रुपमा इन्ट्रा डे करेक्सन भयो । ४० अंक बढेको बजार आज अन्तिममा सकारात्मक बन्यो ।’
प्राविधिक रुपमा इलिअट वेभमा हेर्दा थर्ड वेभको टार्गेट २५८० सम्म रहने उनले बताए । ‘बजारमा नयाँ लगानीकर्ता पस्दै गर्दा र सेक्टर रोटेशन हुँदै गर्दा बजार मजबुत नै रहेको देखिन्छ । मौद्रिक नीति र चौथौ त्रैमासको रिपोर्टले बजारको आगामी यात्रा प्रस्ट हुने देखिन्छ,’ उनले भने ।
अर्का बजार जानकार विरेन्द्र विष्टको भनाईमा पनि आज बजार इन्ट्रा डे करेक्सन हुँदै अघि बढेको र सेक्टर रोटेशन भएको छ । ‘मौद्रिक नीति अघिसम्म बजारमा ठूलो करेक्सन आउने देखिदैन र त्यसपछि भने बजारले कुन दिशा समात्ने हो भन्ने तय हुनेछ ।’ विष्टले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा ह रियाली छायो भने ७ वटा समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज २.१६ प्रतिशतले बढ्यो ।
यस्तै आज वित्त समूह ०.७१ प्रतिशत, हाईड्रो १.७४,म्युचुअल फण्ड ०.७८ र अन्य समूह १.४३ प्रतिशतले बढ्यो ।
आज बैंकिङ समूहमा सर्वाधिक अर्थात १.२३ प्रतिशतले घट्यो । विकास बैंक समूह आज ०.६३ प्रतिशत, होटल ०.२१,लगानी ०.४७,लघुवित्त ०.५३ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३६ करोड ८४ लाख बढीको सेयर कारोबार भयो । शिवम् सिमन्टको आज ३४ करोड ७१ लाख बढी,कुमारी बैंकको २८ करोड ७ लाख,सिईडिबि हाईड्रोको २५ करोड ५५ लाख र हिमालयन डिष्टिलरीको २४ करोड ८९ लाख बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । आज मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै आज नेपाल फाइनान्सको सेयरमूल्य ८.६७ प्रतिशत,छ्याङ्दी हाईड्रोको सेयरमूल्य ७.९० र बलेफि हाईड्रोको सेयरमूल्य ६.८६ प्रतिशतले बढ्यो ।
आज गणपति लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९४ प्रतिशतले घट्यो । सिक्लेस हाईड्रोको सेयरमूल्य ८.६६ प्रतिशत र जनउत्थान सामूदायिक लघुवित्तको सेयरमूल्य ३.९१ प्रतिशतले घट्यो ।