आईतवार, बैशाख ६,२०८३ 11:15:06
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:15:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, एलआइसीका लगानीकर्ताले सर्वाधिक गुमाए

Bizshala
१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, एलआइसीका लगानीकर्ताले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् ।

जीवन बीमा समूह १.५० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३३ प्रतिशतले घटेको छ । आज १० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.१३ प्रतिशतले बढेर ६६३.१० रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, सिटिजन लाइफको २.४२ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१६ प्रतिशत, एशियन लाइफको १.०५ प्रतिशत, आइएमई लाइफको ०.६१ प्रतिशत, सुर्यज्योति लाइफको ०.६० प्रतिशत, आरबीसीएलको ०.९४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२४ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.१० प्रतिशतले बढेको छ । यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले घटेर १४४० रुपैयाँ कायम भएको छ । 

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, एनएलजी इन्स्योरेन्सको १.७३ प्रतिशत, सानिमा जिआइसीको १.७० प्रतिशत, नेको इन्स्योरेन्सको १.३९ प्रतिशत, नेशनल लाइफको ०.९८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६९ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.६९ प्रतिशत, हिमालयन एभरेष्टको ०.६८ प्रतिशत, नेपाल रि को ०.६५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४२ प्रतिशत, हिमालयन लाइफको ०.४२ प्रतिशत, युनाइटेड अजोडको ०.३१ प्रतिशत, हिमालयन रि को ०.२४ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.