आईतवार, फाल्गुन ११,२०८१ 10:54:23
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:54:23
IME remit
Global IME Bank Limited

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ

Hyundai Nepal
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २३.९४ अंकले बृद्धि भएर २११५.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये विकास बैंक र ब्यापार समूह बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा समूह ०.१८ प्रतिशत र निर्जीवन बीमा समूह ०.२७ प्रतिशतले बृद्धि भएको छ । बीमा समूह बढ्दा आज १५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरमूल्य १.९९ प्रतिशतले बढेर ८७२ रुपैयाँ पुगेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यस्तै, सिटिजन लाइफको १.२५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.२६ प्रतिशत, सुर्यज्योति लाइफको ०.६९ प्रतिशत, आइएमई लाइपको ०.६८ प्रतिशत, रिलाबयल नेपाल लाइफको ०.५९ प्रतिशत, नेशनल लाइफको ०.५३ प्रतिशत र हिमालयन लाइफको ०.४९ प्रतिशतले सेयरभाउ बढेको छ । यसका साथै निर्जीवन तर्फ युनाइटेड अजोडको १.१७ प्रतिशत, हिमालयन एभरेष्टको १.१२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१३ प्रतिशत र पुनर्बीमातर्फ नेपाल रि को १.३३ प्रतिशत र हिमालयन रि को ०.४६ प्रतिशतले सेयरमूल्य बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ०.९४ प्रतिशतले घटेर ६०३.३० रुपैयाँ कायम भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको ०.६८ प्रतिशत, आरबीसीएलको ०.२२ प्रतिशत, एशियन लाइफको ०.०८ प्रतिशत, एलआइसी नेपालको ०.०७ प्रतिशत, एनएलजी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.०१ प्रतिशतका दरले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.