आईतवार, बैशाख ६,२०८३ 11:12:16
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:12:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामान्य अंकले बढ्यो सेयरबजार, फाइनान्स समूहमा आकर्षण

Bizshala
सामान्य अंकले बढ्यो सेयरबजार, फाइनान्स समूहमा आकर्षण
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.१९ प्रतिशत अर्थात ५.३८ अंकले बढेर २ हजार ७३१.८९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६४.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर ११ अर्ब ४९ करोड ३९ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार बजार जानकार अजय सिंह थापा (जय शम्भु) भन्छन्, ‘दुई दिन करेक्सन देखिएको बजारमा एउटा सानो करेक्सन पुरा भएको छ । तर मार्केटको मनोविज्ञान पक्ष हेर्दा खासै माथि जाने जस्तो देखिदैन । तर बजार २८ सय भन्दा माथि एकचोटी गएर झर्ने सम्भावना भने छ । माथिको ट्रेण्ड नै सकिएको त भन्न सकिँदैन तर बजार एक्युरेट कुन विन्दुमा पुग्छ भनेर यकिन गर्न सकिँदैन । एउटा स्विङ माथि जाने त देखिन्छ तर २८ सय माथि जाने सम्भावना न्यून नै छ । हिजो अस्ति बजार घट्नुलाई बजार डाउन ट्रेन्डमा झरेको होइन, बजार करेक्टिभ र्यालीमै झरेको देखिन्छ ।’

उनले थपे,‘करेक्टिभ र्यालीमा जहाँबाट बजार बढ्न सुरु गर्छ बजार घटेर त्यहि विन्दुमा पुग्ने देखिन्छ । तर यदि फर्स्ट वेभ हो भने मार्केट जति बढ्यो त्यसको ६० प्रतिशत मात्रै घट्ने सम्भावना रहन्छ । अहिले सम्म मार्केटमा जसरी भोल्युम क्याण्डल उतारचढाव भइरहेको छ वा स्विङ भइरहेको छ त्यो करेक्टिभ वेभकै साइकोलोजी हो । अहिले मार्केट २७ सयको विन्दु आसपास रहँदा बजारमा १८÷२० अर्बको कारोबार भएको भए फर्स्ट वेभको मार्केट हुन्थ्यो तर यसलाई करेक्टिभ र्यालीकै मार्केट भन्न सकिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात १.२४ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.१४ प्रतिशत, होटल ०.०५, हाईड्रो ०.९९, उत्पादन तथा प्रशोधन ०.४१, म्युचुअल फण्ड ०.२५, अन्य ०.३० र व्यापार ०.२२ प्रतिशतले बढ्यो ।

यो दिन लगानी समूह सर्वाधिक अर्थात ०.१६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१० प्रतिशत, जीवन बीमा ०.०९, लघुवित्त ०.१४ र निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८३ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, राधी विद्युतको ५४ करोड ३६ लाख, एसवाई प्यानलको ४९ करोड ८८ लाख, युनाइटेड मोदी हाईड्रोको ४८ करोड ७८ लाख र रिभर फल्स पावरको ३० करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट, आँखुखोला जलविद्युत र मिथिला लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो । पिपुल्स पावरको सेयरमूल्य आज ९.२२ प्रतिशत, बुद्धभूमी नेपालको ९.०४, श्री इन्भेष्टमेन्ट फाइनान्सको ८.४० र त्रिशुली जलविद्युतको सेयरमूल्य ७.४३ प्रतिशतले बढ्यो ।

ओम नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सर्वाधिक अर्थात ४.६० प्रतिशतको गिरावट आयो । यस्तै हिमालयन पावर पार्टनरको सेयरमूल्य २.६६ र अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य २.६० प्रतिशतले घट्यो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.