बुधबार, चैत्र २०,२०८१ 03:48:50
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:48:50
IME remit
Global IME Bank Limited

कम्पनीहरुको वित्तीय प्रतिवेदन आएसँगै आज घट्यो नेप्से, जानकार भन्छन्, ‘नाफा बुक मुख्य कारण’

Hyundai Nepal
कम्पनीहरुको वित्तीय प्रतिवेदन आएसँगै आज घट्यो नेप्से, जानकार भन्छन्, ‘नाफा बुक मुख्य कारण’
Nabil Bank Limited

काठमाण्डौ । साताको चोथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात २०.४१ अंकले घटेर २ हजार ६४५.३९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ४७७.२६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारको विषयमा बजार जानकार गोबिन्द प्रसाद घिमिरेले आज नाफा बुक भएका कारण बजार घटेको प्रतिक्रिया दिए । ‘दशैं अगाडि बैंकको रिपोर्ट आउँदा सेयर बेच्ने योजना बनाएकाहरुले सेयर बेच्दा आज बजार घटेको हो। बैंकहरुको रिपोर्ट समग्रमा राम्रै हो तर लगानीकर्ताहररुले बढेर सेयर खान नचाहेको तथा सेयर कर्जा लिन पनि राजनीतिक अन्यौल्ताले लगानीकर्ताहरुले नचाहेको देखियो । त्यही कारण आज बजार बढ्न नसेको हो, उनले भने ।  

Shivam Cement
Bizshala
CG Motors

घिमिरेले राजनीतिक अन्यौलताले लगानीकर्ताको मनबोल बढ्न नसेको समेत बताए । त्यसैगरि, अर्का बजार जानकार अर्जुन थापाले पनि राजनीतिका अन्यौलताका कारण नै बजारले गति लिन नसकेको टिप्पणी गरे । थापाले भने, ‘कार्तिक १० गते केही राजनीतिक दलहरुलो ठूलो आन्दोलन घोषणा पनि गरेका छन् । त्यसैको कारण पनि लगानीकर्ता पर्ख र हेरको अबस्थामा छन्। त्यो बाहेक अहिले सेयर बजार घट्नु पर्ने खासै केही कारण छैन ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह २.३२ प्रतिशत र व्यापार समूह ०.२५ प्रतिशतले बढे ।  

वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक भएको आज बैंकिङ समूहमा सर्वाधिक गिरावट आयो । बैंकिङ समूह आज १.७० प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.६५ प्रतिशत,होटल ०.७५,हाईड्रोपावर ०.५३,लगानी ०.३५,जीवन बीमा ०.७१,उत्पादन तथा प्रशोधन ०.३८,लघुवित्त ०.३२,म्युचुअल फण्ड ०.०१,निर्जीवन बीमा ०.४३ र अन्य समूह ०.४५ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन आईसीएफसी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४३ करोड ४४ लाख बढीको सेयर कारोबार भयो । कुमारी बैंकको आज २६ करोड ९७ लाख,साहस उर्जाको २६ करोड १७ लाख,समृद्धि फाइनान्सको २४ करोड ८४ लाख र हिमालयन डिष्ट्रिलरीको १९ करोड ९० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज आईसीएफसी फाइनान्स र समृद्धि फाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

मन्जुश्री फाइनान्सको सेयरमूल्य पनि आज ६.६७ प्रतिशत, साहस उर्जाको ५.८५ र हिमालयन डिष्ट्रिलरीको सेयरमूल्य ३.५७ प्रतिशतले बढ्यो ।  

यो दिन महुली लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ४.२८ प्रतिशतले घट्यो । यस्तै हिमालयन बैंकको ४.०७, सिटिजन्स बैंकको ३.९७ र ग्रिन भेन्चर्सको सेयरमूल्य ३.९३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.