काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
बीमा समूहका दुईवटै उपसूचक आज बृद्धि भएको छ । जीवन बीमा समूह २.४२ प्रतिशत र निर्जीवन बीमा समूह ०.६३ प्रतिशतले बढेको छ । आज २० बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ७०९ रुपैयाँ ३० पैसा पुगेको छ ।
त्यस्तै, एलआइसी नेपालको ५.६४ प्रतिशत, आरबीसीएलको ४.६२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४.३४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.०८ प्रतिशत, सुर्यज्योति लाइफको २.४५ प्रतिशत, सिटिजन लाइफको २.२५ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको २.०९ प्रतिशत, नेपाल लाइफको २.०३ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.६१ प्रतिशत, सन नेपाल लाइफको १.४७ प्रतिशत, हिमालयन एभरेष्टको १.२१ प्रतिशत, हिमालयन लाइफको १.१८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०६ प्रतिशत, नेशनल लाइफको ०.९८ प्रतिशत, आइएमई लाइफको ०.९५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५१ प्रतिशत, सानिमा जिआइसीको ०.४८ प्रतिशत, एशियन लाइफको ०.१७ प्रतिशत र युनाइटेड अजोडको ०.१७ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.६० प्रतिशतले घटेर ५९९ रुपैयाँ कायम भएको छ । त्यस्तै, सगरमाथा लुम्बिनीको १.३२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.५४ प्रतिशत, शिखरको ०.१० प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.२१ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                