शुक्रबार, जेष्ठ १,२०८३ 04:25:52
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:25:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजार १.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो

Laxmi Sunrise Bank Limited
सेयरबजार १.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो
Shivam Cement

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०६ प्रतिशत अर्थात १.७७ अंकले बढेर २ हजार ७३१.९४ विन्दुमा पुग्यो। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०७ प्रतिशतले बढेर ४६७.५५ विन्दुमा पुग्यो।

आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ९ करोड ७९ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब २९ करोड २ लाख बढीको सेयर कारोबार भएको थियो ।

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ०.६४ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१३ प्रतिशत, फाइनान्स ०.३७, होटल ०.२८, हाईड्रो ०.०६, अन्य ०.१९ र व्यापार समूह ०.३३ प्रतिशतले बढ्यो ।

म्युचुअल फण्ड आज सर्वाधिक अर्थात ०.३३ प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.०४ प्रतिशत, लगानी ०.२७, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.११ र लघुवित्त ०.१७ प्रतिशतले घट्यो ।

Bizshala
New Office
CG Motors

सर्वाधिक कारोबार हुने कम्पनी

आज युनियन हाईड्रोको सर्वाधिक अर्थात ३० करोड ६६ लाख बढीको सेयर कारोबार भयो । यस्तै अपि पावरको ११ करोड ४४ लाख, रिलायन्स स्पिनीङ मिल्सको ८ करोड ६३ लाख, एसवाई प्यानल नेपालको ८ करोड ५६ लाख र नेशनल हाईड्रोपावरको ८ करोड ५० लाख बढीको सेयर कारोबार भयो ।

Garima Development Bank
Shivam Cement
IME remit

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक अर्थात ७.७१ प्रतिशतले बढ्यो । यस्तै मोदी इनर्जीको सेयरमूल्य ५.२६ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ३.३६ र भिजन लुम्बिनी उर्जाको सेयरमूल्य २.९४ प्रतिशतले बढ्यो ।

युनियन  हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १४.७९ प्रतिशतले घट्यो । क्रेष्ट माइक्रो लाइफको सेयरमूल्य पनि आज ५.८१ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ४.५६ प्रतिशतले घट्यो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X