मंगलवार, आश्विन २७,२०८३ 10:19:28
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 10:19:28
Bizshala
Global IME Bank Limited

सात दिनपछि नेप्सेमा हरियाली, जानकार भन्छन्, ‘बिस्तारै लयमा फर्किन्छ’

Bizshala
सात दिनपछि नेप्सेमा हरियाली, जानकार भन्छन्, ‘बिस्तारै लयमा फर्किन्छ’
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६३ प्रतिशत अर्थात १७.२८ अंकले बढेर २ हजार ७३६.४८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५६ प्रतिशतले बढेर ४५९.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर ८ अर्ब २३ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आजको वृद्धिसँगै नेप्सेको लगातार ७ दिनको गिरावटमा आज ब्रेक लागेको छ ।  

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्,  ‘धेरै दिन घटेको बजारमा आजको बढाईले लगानीकर्तालाई केही राहत दिएको छ । बजारमा सेयर एक्युमुलेशन भएको देखिन्छ । अहिले सेयरबजार बियरिस ट्रेण्ड सकिएर बुल ट्रेण्डमा जादै गरेको छ ।’

नयाँ गभर्नर आउदै गर्दा लगानीकर्ताको मनोबल समेत बढेको उनले बताए । उनले बजारले बिस्तारै अप ट्रेण्ड लिने समेत दाबी गरे ।  

अर्का बजार जानकार सुवासचन्द्र ढुंगानाले पनि अधारभूत रुपमा बजार राम्रै रहेको र बिस्तारै बजार सुधारको बाटोतर्फ अग्रसर भएको बताए । ‘प्राविधिक रुपमा भने आज बजारले बाउन्सब्याक गरेको छ । बजार लयमा फर्किएको भन्नु भने अहिले हतार हुन्छ । बजार २७६० विन्दुभन्दा माथि बन्द भएमा भने बजारले गति लिएको मान्न सकिन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूह सर्वाधिक बढ्यो । यो समूह आज १.७६ प्रतिशतले बढ्यो ।  

यस्तै आज विकास बैंक समूह ०.५३ प्रतिशत, फाइनान्स ०.०२,होटल ०.६४,हाईड्रो ०.६४,जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.१८,म्युचुअल फण्ड ०.१०,निर्जीवन बीमा ०.४०,अन्य १.५७ र व्यापार समूह ०.२१ प्रतिशतले बढ्यो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन माछापुच्छ्रे बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भयो । आज यसको ८१ करोड ३६ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज ५६ करोड ४ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ४९ करोड ३६ लाख र घलेम्दी हाईड्रोको ३९ करोड १९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज पिपुल्स हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर लाग्यो ।  

यस्तै आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य ७.८९ प्रतिशत,दिव्यश्वरी हाईड्रोको ७.६७,घलेम्दी हाईड्रोको ६.७१ र मनकामना इन्जिनियरिङको सेयरमूल्य ६.०९ प्रतिशतले बढ्यो ।  

विन नेपाल लघुवित्त आज सर्वाधिक गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ४.३१ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.८७ प्रतिशतले घट्यो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X