बुधबार, चैत्र २०,२०८१ 03:15:38
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:15:38
IME remit
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से,कारोबार २ महिना पछिकै न्यून

Hyundai Nepal
सामान्य अंकले घट्यो नेप्से,कारोबार २ महिना पछिकै न्यून
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ४ अंकले घटेर २ हजार ५७६.७६ विन्दुमा खुम्चिएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले घटेर ४५९.९२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर ५ अर्ब ६६ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज भएको कारोबार २ महिना पछिकै न्यून हो । यसअघि गत असार २६ गते ५ अर्ब ७५ करोडको कारोबार भएको थियो । 

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘चाडपर्वको मौसम सुरु हुन लागेकाले बजार यतिबेला केही सुस्त बनेको छ । यद्यपी बजार २५५० भन्दा तल जान्छ जस्तो लाग्दैन । बजारमा प्राइस करेक्सन सकिएको छ भने अब टाइम करेक्सन लिएको देखिन्छ ।’

पौडेलले चाडपर्व अवधिभर बजार साइडवेज पनि चल्न सक्ने आँकलन गर्दै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘बजारले अहिले नै ठूलो गति नलिएतापनि २७–२८ सय विन्दुसम्म पुग्न सक्छ ’उनले भने ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले पनि लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘बजार आजबाट घट्न रोकिएको छ । बजारमा बटम लागेका कारण बजारले आइतबारबाट गति लिन सक्छ । बटम लागेका कारण कारोबार पनि घटेको छ । यसले बजारमा तीव्र बार्गेनिङ चलेको बुझ्न सकिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज बैंकिङ समूह ०.७६ प्रतिशत र निर्जीवन बीमा ०.१६ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह आज २.६८ प्रतिशतले ओरालो लाग्यो । विकास बैंक समूह आज ०.१२ प्रतिशत, होटल ०.१२,हाईड्रो ०.१७,लगानी ०.४५,जीवन बीमा ०.३१,उत्पादन तथा प्रशोधन ०.८२,लघुवित्त १.०७,म्युचुअल फण्ड ०.८३, अन्य ०.६३ र व्यापार समूह ०.५७ प्रतिशतले घट्यो ।   

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । सिईडिबिको आज २० करोड ५८ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै नेपाल फाइनान्सको १६ करोड ९८ लाख,एनएलजी इन्स्योरेन्सको १५ करोड ९५ लाख,साहस उर्जाको १३ करोड १ लाख र गुडविल फाइनान्सको १२ करोड ८२ लाख बढीको कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनै पनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागने । कालिका लघुवित्त आज सर्वाधिक कमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य ८.०८ प्रतिशतले  बढ्यो । स्वरोज लघुवित्तको सेयरमूल्य पनि आज ७.९२ प्रतिशत, राँवा इनर्जीको ७.३२,भूगोल ईनर्जीको ७.०७ र सुपर माई हाईड्रोको सेयरमूल्य ६.०२ प्रतिशतले बढ्यो ।  

जनउत्थान सामूदायिकको सेयरमूल्यमा आज सर्वाधिक अर्थात ७.६७ प्रतिशतको गिरावट आयो । गूडविल फाइनान्सको सेयरमूल्य आज ६.७७ प्रतिशत,आत्मनिर्भर लघुवित्तको ६.३६ र समृद्धि फाइनान्सको सेयरमूल्य पनि ५.९७ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.