सोमबार, फाल्गुन ४,२०८२ 10:15:28
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:15:28
Bizshala
Global IME Bank Limited

लगातार तीनदिन बढ्यो सेयरबजार, लगानीको वातावरण बन्दै गरेको विश्लेषकको ठहर

लगातार तीनदिन बढ्यो सेयरबजार, लगानीको वातावरण बन्दै गरेको विश्लेषकको ठहर
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.३२ अंकले बढेर २ हजार ६५५.९९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले बढेर ४५७.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने ७ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आजको बजारबारे नेपाल नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘बजार अब विस्तारै विस्तारै बढ्न थालेको छ । बजारमा ठूला पूँजी भएका  कम्पनीहरु लामो समयसम्म चल्न सकिरहेका थिएनन् । अब फन्डामेन्टल्ली रुपमा बलिया कम्पनीहरु पनि विस्तारै चल्न लागेका छन् । तर अझै बजार बेस रेटमै छ । अहिले लाभांश घोषणको सिजन भएका कारण पनि बजार बढ्न सर्पोट गरिरहेको छ । राजनीतिक पाटो पनि अहिले त्यस्तो नकारात्मक देखिदैन । लगानीकर्ताहरुलाई सहज रुपमा लगानी गर्ने वातावरण बनेको छ । मार्केटका लागि सहज हुने देखिन्छ ।’

त्यस्तै, बजार जानकार सुवाष भट्टराई भन्छन्, ‘लामो समयसम्म सेयरबजारलाई राजनीतिक पक्षले प्रत्यक्ष प्रभाव पारेको थियो । पूँजीबजारलाई राजनीतिले नै गाइड गर्ने भएकाले केही समयदेखि राजनीतिक अवस्था राम्रो नहुँदा बजार घटेर तल्लो विन्दुमा आइसकेको थियो । तर अहिले केही हदसम्म राजनीतिक अवस्था राम्रो हुन थालेको छ । पार्टीगत आन्दोलनहरुले नेपालको अर्थतन्त्रमा प्रभाव नपारेपछि सेयरबजारले लय समात्न थालेको छ । अब राजनीतिक पक्ष राम्रो हुँदै गएमा सेयरबजार पनि बढ्दै जाने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज होटल बीमा समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१९ प्रतिशत, फाइनान्स ०.०२, हाईड्रो ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, लघुवित्त ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशतले बढे ।

व्यापार समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.३३ प्रतिशतले घट्यो ।

यस्तै विकास बैंक समूह ०.२४, जीवन बीमा ०.३० र म्युचुअल फण्ड ०.३४ प्रतिशतले घट्यो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बन्दिपुर केवलकारको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै हिमालयन रि इन्स्योरेन्सको २४ करोड ४ लाख, ङादी ग्रुप पावरको २० करोड २ लाख, युनियन हाईड्रोपावरको १८ करोड ७९ लाख र शिवम् सिमेन्टको १७ करोड २८ लाख बढीको सेयर कारोबार भयो ।

 धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी, झापा इनर्जी र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज स्वस्तिक लघुवित्तको सेयरमूल्य ८.२३ प्रतिशत, बन्दिपुर केवलकारको ७.२३, दरमखोला हाईड्रोको ६.८७ र हिमस्टार उर्जाको सेयरमूल्य ५.३२ प्रतिशतले बढ्यो ।

यो दिन जोशी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.९६ प्रतिशतले घट्यो ।  

यस्तै सुपरमाई हाईड्रोको ३.१९ प्रतिशत र भूगोल इनर्जीको सेयरमूल्य २.७४ प्रतिशतले घट्यो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.