बुधबार, चैत्र २०,२०८१ 03:17:59
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:17:59
IME remit
Global IME Bank Limited

नेप्से परिसूचक र कारोबार दुवैमा उच्च वृद्धि, जानकार भन्छन्, ‘नयाँ गभर्नरको प्रतिक्षामा लगानीकर्ता’

Hyundai Nepal
नेप्से परिसूचक र कारोबार दुवैमा उच्च वृद्धि, जानकार भन्छन्, ‘नयाँ गभर्नरको प्रतिक्षामा लगानीकर्ता’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.६२ प्रतिशत अर्थात ६९.८० अंकले बढेर २ हजार ७२७.५८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०६ प्रतिशतले बढेर ४५८.३७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयर १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘आजको बजार बढ्नुलाई नयाँ आउने गभर्नरको स्वागत र हालका गभर्नरको बिदाईको रुपमा लिन सकिन्छ । नयाँ गभर्नर आएसँगै नीतिहरु परिवर्तन हुने कुराले लगानीकर्ता उत्साहित देखिएका छन् ।’

यस्तै बैंकहरुमा भएको प्रयाप्त तरलता र बजारको समग्र अवस्था सुधारोन्मुख रहेकाले आज बजारमा उछाल देखिएको रौनियारले बताए । ‘आजको जस्तै उच्च कारोबार आगामी दिनमा पनि भए बजारले बिस्तारै गति लिनेछ,’ उनले भने ।  

अर्का बजार जानकार उपेन्द्र पाठकले पनि नयाँ गभर्नरको विषयमा आज बजारमा सकारात्मक प्रभाव परेको बताए । ‘हालका गभर्नरको कार्यकाल समाप्त हुँदैछ । जादाजादै हालका गभर्नरले नीतिमा परिवर्तन गर्ने वा नयाँ आउने गभर्नरले यस्तो गर्नसक्ने सम्भावनाका बीच आज बजारमा उच्च वृद्धि देखिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि बजारलाई सकारात्मक प्रभाव पार्ने कुरा आउन सक्ने उच्च सम्भावना भएकाले बजारमा उत्साह छाएको छ,’ उनले भने ।  

धेरै दिनपनि आज खुलेको बजारमा आज भोल्युम बढेको देखिएको र यही आधारमा बढ्दै जाने हो भने पहिलेको रेकर्ड पनि तोडिने उनले बताए ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज लघुवित्त समूह सर्वाधिक अर्थात ४.९२ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह २.५२ प्रतिशत, विकास बैंक ३.१५,फाइनान्स १.२९,होटल १.८२,हाईड्रो १.४१,लगानी ३.३८,जीवन बीमा २.४३,उत्पादन तथा प्रशोधन ३.०७,म्युचुअल फण्ड ०.१७,निर्जीवन बीमा ३.७१ र अन्य २.६३ प्रतिशतले बढ्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इ्रन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४१ करोड ९७ लाख बढीको कारोबार भयो सप्तकोशी डेभलपमेन्ट बैंकको पनि आज ३५ करोड २६  लाख, सिन्धु विकास बैंकको ३० करोड ६१ लाख,हिमालयन पावर पाटर्नरको २९ करोड ८१ लाख र हिमालयन रि इन्स्योरेन्सको २७ करोड ८१ लाख बढीको कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ९ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज उन्नती सहकार्य लघुवित्त,ग्लोबल आइएमई लघुवित्त,अभियान लघुवित्त,विजय लघुवित्त,भूगोल ईनर्जी,ग्रामीण विकास बैंक,एनएमबी माइक्रोफाइनान्स,समता घरेलु लघुवित्त र न्यादी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन सामूदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२० र माथिल्लो मैलुङ खोलाको सेयरमूल्य ५.८५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.