मंगलवार, फाल्गुन ५,२०८२ 12:39:36
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:39:36
Bizshala
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार ५.२७ अर्ब बढी

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार ५.२७ अर्ब बढी
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८८ प्रतिशत अर्थात २२.५९ अंकले बढेर २ हजार ५८२.१८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०८ प्रतिशतले बढेर ४५१.३१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज कारोबार खुलेको ३ मिनेटमा बजारमा ४ प्रतिशतको वृद्धिका साथ पोजेटिभ सर्किट लागेको थियो । २० मिनेटपछि खुलेको बजारमा भने खासै आकर्षण देखिएन ।  

आजको बजारबारे विश्लेषण गर्दै बजार जानकार अजय सिंह थापाले आजको बजारमा ४ प्रतिशतको बढोत्तरी गरेर खेलाडीले माहोल बिगारेको आरोप लगाए । थापाले राष्ट्रबैंकको नीतिले मात्रै सेयर बजार नघटेको र हिजोको परिमार्जित नीतिले पनि बजार नबढ्ने ठोकूवा गरे । ‘यही परिमार्जित नीतिले बजार बुल जाँदैन । बजार बढ्नलाई नेपालको अर्थतन्त्रमा नै सुधार आउनु पर्छ । आन्दोलन र बाढी पहिरोले बैंक तथा वित्तिय संस्थाको खराब कर्जा झनै बढ्ने देखिन्छ । आइएमएफ र विश्व बैंकले पनि नेपालको आथिैक बृद्धि दर आधा हुने भनेका छन्,’ उनले भने ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अबको बजारको दिशा राजनीतिक परिघट्नाले नै निधारण गर्ने समेत उनले बताए । उनले थपे, ‘यदि समयमा चुनाव भएर जनताले रुचाएको व्यक्ति सत्तामा आए बजारमा पनि सुधार आँउछ । होइन भने बजारको अबस्था अनिश्चित देखिन्छ ।’ थापाले बजारमा केही अगुवा नेताहरुले सर्वसाधरण लगानीकर्ताहरुलाई सेयर बजारको विषयमा यथार्थ नभनेर भ्रम छरेको पनि आरोप लगाए ।

त्यसैगरि, अर्का बजार जानकार देव गुरागाँइले पनि आजको बजारले राष्ट  बैंकको नीतिलाई स्वागत नगरेको बताए । गुरागाँइले देशमा अनिश्चिता बढ्दै गए पछि लगानीकर्ताहरुले लगानी डाइभर्ट गरेर  सुन तथा नगदमा नै जोड दिएको हुनसक्ने आँकनलन गरे । उनले पनि अबको बजारको दिशा भनेको आगामी राजनीतिक परिदृष्यले नै निर्धारण गर्ने बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूह सर्वाधिक अर्थात १.६१ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह पनि आज १.०७ प्रतिशत, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल ०.९२, हाईड्रो ०.९५, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, लघुवित्त ०.९५, म्यचुअल फण्ड ०.१७,निर्जीवन बीमा ०.९३ र अन्य समूह ०.२३ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २७ करोड ३४ लाख बढीको कारोबार भयो । युनियन हाईड्रोपावरको पनि आज २७ करोड १२ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड ९३ लाख, नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७ लाख र हिमालयन डिष्ट्रिलरीको १६ करोड ७१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज बिन्ध्यवासिनी हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ८.२१ प्रतिशतले बढ्यो । एशियन हाईड्रोको सेयरमूल्य पनि आज ५.५४ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.१५ र सिन्धु विकास बैंकको सेयरमूल्य ३.९८ प्रतिशतले बढ्यो ।  

थ्रिस्टार हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.०९ प्रतिशतले घट्यो । यो दिन भूगोल इनर्जीको सेयरमूल्य पनि ५.४३ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ३.३७ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.