बुधबार, आश्विन २८,२०८३ 05:23:43
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 05:23:43
Bizshala
Global IME Bank Limited

नेप्सेमा सामान्य सुधार, कारोबार साढे २ महिनापछि ४ अर्ब तल झर्यो

Bizshala
नेप्सेमा सामान्य सुधार, कारोबार साढे २ महिनापछि ४ अर्ब तल झर्यो
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.१० अंकले बढेर २ हजार ५८१.६० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले घटेर ४४४.१२ विन्दुमा सीमित बन्यो । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको ९४ लाख ३४ हजार ९ कित्ता सेयर ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यससँगै गत कात्तिक ६ गेतपछि पहिलोपटक आज कारोबार ४ अर्ब तल झरेको छ । गत कात्तिक ६ गते ४ अर्ब १७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आजको बजारबारे नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भन्छिन्,  ‘आजको सामान्य अंकको बढोत्तरीलाई नयाँ वर्षलाई बजारले स्वागत गरेको रुपमा लिन सकिन्छ । बजारमा पछिल्लो समय पुस मसान्तको प्रभाव सँगै केही अफवाहपूर्ण खबरले सेयर बजारमा गिरावट आईरहेको थियो ।’

पोखरेलले हाल बजारमा तरलता अधिक रहेको र लगानीकर्ताले रुचाएका अर्थमन्त्री समेत रहेको बताउँदै नयाँ वर्षमा बजारले नयाँ उचाई लिन सक्ने दाबी गरिन् ।  

त्यसैगरी नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले लामो समयदेखि घटिरहेको बजार आज घट्न रोकिएको बताए । ‘आज बिक्रीकर्ता घटेपछि भोल्यमु कम आएको छ । अब बजारले पुस अन्तिम साताबाट राम्रै गति लिन सक्छ ।’

यद्यपी बैंकहरुको रिपोर्ट आएपछि भने आधारभूत रुपमा बलिया कम्पनीहरुको सेयरमूल्य माघ लागेसँगै बढ्नेमा लम्साल ढुक्क देखिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.८७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह १.६८ प्रतिशत,होटल ०.९५,हाईड्रो १.२४,लगानी ०.०९,उत्पादन तथा प्रशोधन ०.२५,निर्जीवन बीमा ०.२२ र व्यापार समूह ०.६३ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह सर्वाधिक अर्थात ०.७२ प्रतिशतले घट्यो । जीवन बीमा समूह पनि आज ०.०६ प्रतिशत,लघुवित्त ०.१६,म्युचुअल फण्ड ०.१७ र अन्य समूह ०.४१ प्रतिशतले घट्यो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २१ करोड ८२ लाख बढीको कारोबार भयो । जानकी फाइनान्सको आज ९ करोड ६९ लाख,त्रिशुली जलविद्युतको ९ करोड २९ लाख,प्रभु बैंकको ८ करोड ८८ लाख र नेपाल फाइनान्सको ८ करोड ४८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज त्रिशुली जलविद्युत,आत्मनिर्भर लघुवित्त र सुपर मादी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज ९.३६ र जोशी हाईड्रोपावरको ९.२९ प्रतिशतले बढ्यो ।  

यो दिन सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X