बुधबार, चैत्र २०,२०८१ 03:46:27
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:46:27
IME remit
Global IME Bank Limited

नेप्सेमा सामान्य सुधार, कारोबार साढे २ महिनापछि ४ अर्ब तल झर्यो

Hyundai Nepal
नेप्सेमा सामान्य सुधार, कारोबार साढे २ महिनापछि ४ अर्ब तल झर्यो
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.१० अंकले बढेर २ हजार ५८१.६० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले घटेर ४४४.१२ विन्दुमा सीमित बन्यो । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको ९४ लाख ३४ हजार ९ कित्ता सेयर ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यससँगै गत कात्तिक ६ गेतपछि पहिलोपटक आज कारोबार ४ अर्ब तल झरेको छ । गत कात्तिक ६ गते ४ अर्ब १७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भन्छिन्,  ‘आजको सामान्य अंकको बढोत्तरीलाई नयाँ वर्षलाई बजारले स्वागत गरेको रुपमा लिन सकिन्छ । बजारमा पछिल्लो समय पुस मसान्तको प्रभाव सँगै केही अफवाहपूर्ण खबरले सेयर बजारमा गिरावट आईरहेको थियो ।’

पोखरेलले हाल बजारमा तरलता अधिक रहेको र लगानीकर्ताले रुचाएका अर्थमन्त्री समेत रहेको बताउँदै नयाँ वर्षमा बजारले नयाँ उचाई लिन सक्ने दाबी गरिन् ।  

त्यसैगरी नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले लामो समयदेखि घटिरहेको बजार आज घट्न रोकिएको बताए । ‘आज बिक्रीकर्ता घटेपछि भोल्यमु कम आएको छ । अब बजारले पुस अन्तिम साताबाट राम्रै गति लिन सक्छ ।’

यद्यपी बैंकहरुको रिपोर्ट आएपछि भने आधारभूत रुपमा बलिया कम्पनीहरुको सेयरमूल्य माघ लागेसँगै बढ्नेमा लम्साल ढुक्क देखिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.८७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह १.६८ प्रतिशत,होटल ०.९५,हाईड्रो १.२४,लगानी ०.०९,उत्पादन तथा प्रशोधन ०.२५,निर्जीवन बीमा ०.२२ र व्यापार समूह ०.६३ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह सर्वाधिक अर्थात ०.७२ प्रतिशतले घट्यो । जीवन बीमा समूह पनि आज ०.०६ प्रतिशत,लघुवित्त ०.१६,म्युचुअल फण्ड ०.१७ र अन्य समूह ०.४१ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २१ करोड ८२ लाख बढीको कारोबार भयो । जानकी फाइनान्सको आज ९ करोड ६९ लाख,त्रिशुली जलविद्युतको ९ करोड २९ लाख,प्रभु बैंकको ८ करोड ८८ लाख र नेपाल फाइनान्सको ८ करोड ४८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज त्रिशुली जलविद्युत,आत्मनिर्भर लघुवित्त र सुपर मादी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज ९.३६ र जोशी हाईड्रोपावरको ९.२९ प्रतिशतले बढ्यो ।  

यो दिन सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.