मंगलवार, चैत्र ४,२०८१ 08:16:48
IME remit
  • मंगलवार, चैत्र ४,२०८१ 08:16:48
IME remit
Global IME Bank Limited

नेप्से परिसूचक २७ सय विन्दु तल, कारोबार १ अर्ब बढीले घट्यो

Hyundai Nepal
नेप्से परिसूचक २७ सय विन्दु तल, कारोबार १ अर्ब बढीले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.६६ अंकले घटेर २ हजार ६९७.०४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५२.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

अघिल्लो दिनको तुलनामा आज कारोबारमा गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘आजको बजार हेर्दा घट्ने क्रम रोकिएको र सेयर एक्युमुलेशन चलेको देखिन्छ । यद्यपी बजार यही कारण माथि जान भने सकेन । नयाँ गभर्नर आएसँगै नयाँ वर्षबाट बजारले नयाँ गति लिनेछ ।’

उनले आज किन्ने र बेच्ने दुवै समूह पर्ख र हेरको अवस्थामा बस्दा बजार बढ्न नसकेको बताए ।  

अर्का बजार जानकार अर्जुन थापाले पनि राजनीतिक विषयका कारण लगानीकर्ता अन्यौलमा रहेका कारण बजारले गति लिन नसकेको बताउछन् । ‘१५ गतेदेखि माओवादी र राजावादीको आन्दोलनका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेका छन्,’ उनले भने ।  

उनले कम्पनीको तेस्रो त्रैमासिक प्रतिवेदनपश्चात बजारमा सुधार आउने आँकलन गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह ०.११ प्रतिशतले बढ्यो ।  

जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.७० प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१४ प्रतिशत,विकास बैंक ०.४२,वित्त ०.१७, होटल ०.३६,हाईड्रो ०.१७,लगानी ०.४२,उत्पादन तथा प्रशोधन ०.२३,लघुवित्त ०.३१,म्युचुअल फण्ड ०.३७,निर्जीवन बीमा ०.५४ र व्यापार समूह ०.६६ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ११ लाख बढीको कारोबार भयो । घलेम्दी हाईड्रोको पनि आज २२ करोड ७२ लाख,नेपाल पुनर्बीमाको १८ करोड ३ लाख,एलआईसी नेपालको १६ करोड ७५ लाख र नारायणी डेभलपमेन्ट बैंकको १३ करोड ७८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज मिथिला लघुवित्त र हिमालयन पावर पार्टनरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

अपर सोलु हाईड्रोको सेयरमूल्य आज ७.७८ प्रतिशत,भूगोल इनर्जीको ७.२८ र पाँचथर पावर कम्पनीको सेयरमूल्य ४.१८ प्रतिशतले बढ्यो ।  

सामुदायिक लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.२१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X