बुधबार, चैत्र २०,२०८१ 03:15:39
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:15:39
IME remit
Global IME Bank Limited

नेप्सेमा उछाल,‘मौद्रिक नीतिको समीक्षाले बजारलाई अप्रत्यक्ष फाइदा’

Hyundai Nepal
नेप्सेमा उछाल,‘मौद्रिक नीतिको समीक्षाले बजारलाई अप्रत्यक्ष फाइदा’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक २.२६ प्रतिशत अर्थात ४५.६९ अंकले बढेर २०६४.४५ विन्दुको उचाईमा पुगेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.३४ प्रतिशतले बढेर ३६६.७६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा कम्पनीको ५ अर्ब २५ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा अप्रत्यक्ष रुपमा पूँजीबजारलाई पनि सहयोग गर्ने खालको थियो । जसका कारण आज बजारमा वृद्धि देखिएको छ । अर्थतन्त्र चलायमान भएपछि नै पूँजी बजारले पनि लय समात्ने हो । बैंकहरुलाई २० प्रतिशत बेच्नु भन्नुको अर्थ अप्रत्यक्ष रुपमा किन्न पनि दिएको हो । ’

यससँगै आम्दानीको ७० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्थाले कर्जाको माग बढ्ने भएकाले अर्थतन्त्र चलायमान हुने देखिएको पौडेलले बताए । ‘बजार एकै पटक नबढ्ने भएकाले धैर्य गर्ने लगानीकर्ताले अब पूँजीबजारबाट राम्रै प्रतिफल पाउने देखिन्छ ।’उनले भने ।  

अर्का बजार जानकार महेश रिजाल भन्छन्,‘ विगतका वर्षहरुजस्तै बजेट अघिको बजारको बढोत्तरी स्वभाविक नै हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोर क्यापिटलको २० प्रतिशत  सेयर बेच्न पाउने व्यवस्थाले पनि बजार आज सकारात्मक बनेको छ । यसका साथैसाथै बजारमा आगामी बजेटमा क्यापिटल गेन ट्याक्स घट्न सक्ने हल्लाका कारण पनि बजारमा वृद्धि देखिएको हो ।’  

Shivam Cement
Bizshala
CG Motors

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । आज यो समूह ४.३८ प्रतिशतले वृद्धि भएको छ । आज बैंकिङ समूह २.६३ प्रतिशत,होटल १.३५, हाईड्रो १.२५,विकास बैंक १.६५, उत्पादन तथा प्रशोधन १.६८, निर्जीवन बीमा ३.८१,व्यापार ०.५५, लघुवित्त १.३६, , म्युचुअल फण्ड १.१५,अन्य २.७६,वित्त १.०७ र लगानी समूह १.२९ प्रतिशतले बढ्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज १४ करोड ८० लाख बढीको सेयर कारोबार भएको छ ।  

यस्तै फर्स्ट माईक्रोफाइनान्सको ११ करोड ६८ लाख र हिमालयन लाइफको ११ करोड २३ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज आरम्भ चौतारी लघुपित्त,सबैको लघुवित्त,सामुदायिक र नेरुडे मिर्मिरे लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

त्यस्तै हिमालयन लघुवित्तको सेयरमूल्य ८.४५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयरकोे ८.०६ र माउन्टेन हाईड्रोको सेयरमूल्य ७.९६ प्रतिशतले बढ्यो ।  

आज माण्डू हाईड्रोका सेयरमूल्य ९.९९ प्रतिशतले घट्दै नकारात्मक सर्किट लाग्यो । यो दिन पिपुल्स पावरको सेयरमूल्य पनि ७.७८ प्रतिशत,बाराही हाईड्रोको ६.३२ र गुराँस लघुवित्तको सेयरमूल्य ५.२१ प्रतिशतले घटेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.