मंगलवार, आश्विन २८,२०८२ 05:43:37
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 05:43:37
IME remit
Global IME Bank Limited

नेप्सेमा झिनो गिरावट, कारोबार पनि निरन्तर घट्दै

Hyundai Nepal
नेप्सेमा झिनो गिरावट, कारोबार पनि निरन्तर घट्दै
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०६ प्रतिशत अर्थात १.९४ अंकले घटेर २ हजार ८३२.०६ विन्दुमा झरेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स  ०.१८ प्रतिशतले घटेर ४८७.५५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ९ अर्ब ३३ करोड बढीको कारोबार भएको थियो । पछिल्लो समय सेयर बजारमा कारोबार रकम निरन्तर घटिरहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘भोल्युम विस्तारै ड्राई भएका कारण बजार बिस्तारै घट्न रोकिन सुरु भएको छ । अब लाभांशको सिजन समेत सुरु हुन लागेकाले १० भन्दा बढी बैंक तथा वित्तीय संस्था राम्रो लाभांश दिनसक्ने अवस्थामा छन् । यही कारण अहिले संस्थागत लगानीकर्ताले सेयर एक्युमुलेशन गरेको हुन सक्छ ।’

बैंक तथा वित्तीय संस्थाको रिपोर्ट सार्वजनिक हुँदै जादा बजारले गति लिनेमा उनी ढुक्क देखिए ।  

अर्का बजार जानकार पर्वत विष्टले बजार जसरी बढ्यो त्यसरी नै घटेको बताए । ‘आजबाट भोल्युम ड्राई हुँदै गएको छ । यसका साथै नाफा बुक पनि सकिएको छ । यही कारण बजार अब सम्हालिने अवस्थामा पुगेको छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । लघुवित्त समूह आज सर्वाधिक अर्थात १.३४ प्रतिशतले बढ्यो । लगानी समूह पनि आज ०.५३ प्रतिशत,अन्य ०.६३ र व्यापार समूह ०.२२ प्रतिशतले बढ्यो ।  

जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.३९ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३२ प्रतिशत, विकास बैंक ०.३६, फाइनान्स ०.३१, होटल ०.०९, हाईड्रो ०.०४, उत्पादन तथा प्रशोधन ०.०४ र निर्जीवन बीमा समूह ०.२४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २९ करोड ४५ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज २८ करोड २ लाख, शिवम् सिमेन्टको २४ करोड १९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ८४ लाख र बलेफि हाईड्रोको २३ करोड २० लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,महुली लघुवित्त र ट्रेड टावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

समाज लघुवित्तको सेयरमूल्य पनि आज ७.९३ प्रतिशत, स्वाभिमान लघुवित्तको ७.८३ र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ६.५८ प्रतिशतले बढ्यो ।  

थ्री स्टार हाईड्रोको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ३.७८ प्रतिशतले घट्यो । समता घरेलु लघुवित्तको सेयरमूल्य पनि आज २.७२ प्रतिशत र युनिभिलर नेपालको सेयरमूल्य २.७१ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.