मंगलवार, आश्विन २८,२०८२ 03:26:28
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:26:28
IME remit
Global IME Bank Limited

नेप्से एक वर्ष तथा कारोबार ६ महिनाकै उच्च, ‘नयाँ सत्ता समीकरणप्रति लगानीकर्ता उत्साहित’

Hyundai Nepal
नेप्से एक वर्ष तथा कारोबार ६ महिनाकै उच्च, ‘नयाँ सत्ता समीकरणप्रति लगानीकर्ता उत्साहित’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.३४ प्रतिशत अर्थात २९.२१ अंकले बढेर २ हजार २०४.६१ विन्दुमा पुगेको छ ।

यो उचाई विगत १ वर्षकै उच्च हो । यसअघि बजार गत साउन ७ गते २२ सय २५ विन्दुमा बन्द भएको थियो । गत माघ ४ गते इन्ट्रा डे कारोबारमा भने बजार २२ सय पुगेको थियो । तर यो वृद्धि टिक्न भने सकेको थिएन  ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले बढेर ३९१.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर ७ अर्ब ८ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार ६ महिना पछि कै उच्च हो । यसअघि गत माघ २ गते ७ अर्ब बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘पछिल्लो समय बजारमैत्री स्थायी सरकार बन्ने अपेक्षाका साथ लगानीकर्ताले लगानी बढाएका छन् । यो सँगै लगानीयोग्य रकम प्रयाप्त भएको अवस्थामा नीतिगत रुपमा पनि बजारलाई सहज हुने लगानीकर्ताको अपेक्षा छ । बजारमा विस्तारै लगानीको वातावरण पनि बन्दै गएको छ ।’

आज कारोबार र सूचक दुवै बढ्नुले बजारमा दिगोपन देखिएको र हाई क्याप कम्पनीहरु पनि चलेका कारण बजारमा राम्रो सुधार आएको पाठकले भने । यस्तै मार्जिन कर्जा सहज हुनु र सीडी रेसियो ८० भन्दा तल आउनुले अब बजारमा दैनिक १५/२० अर्बको कारोबार हुने आधार बनेको पाठक बताउँछन् ।  

अर्का बजार जानकार नीमानन्द कंडेलको विचारमा पनि नयाँ समीकरणको स्थाई सरकार बन्ने निश्चित जस्तै बनेपछि बजारमा सुधार आएको छ । ‘आज बैंकिङ र बीमा समूहले बजार धानेका छन् । अर्थमन्त्रालयमा विष्णु पौडेलको सम्भावना बढी रहेको छ । यद्यपी एमालेबाट जो सुकै अर्थमन्त्री बनेतापनि बजारले अब गति लिन्छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज ३.०६ प्रतिशतले बढ्यो । बैंकिङ समूह आज २.४२ प्रतिशत,विकास बैंक ०.१७, वित्त ०.३०,होटल ०.६०, हाईड्रो १.४३, लगानी ०.५१, उत्पादन तथा प्रशोधन ०.०७, म्युचुअल फण्ड १.९०, निर्जीवन बीमा १.०१ र अन्य समूह १.५३ प्रतिशतले बढ्यो ।

Shivam Cement
Bizshala
CG Motors

आज लघुवित्त समूह र व्यापार समूह मात्रै घटे । यी समूहहरु क्रमशः०.५३ र ०.३९ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १५ करोड २५ लाख बढीको सेयर कारोबार भयो । साथै आज हिमालयन रि इन्स्योरेन्सको १२ करोड ७९ लाख,सानिमा जीआईसीको १२ करोड ६८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ७९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक  सर्किट लाग्यो । आज बेलेफि हाईड्रो(९.९९ प्रतिशत),सिटिजन सुपर ३० म्युचुअल फण्ड(९.९७ प्रतिशत) र एनआइएबीएल स्टेबल फण्ड(९.८३ प्रतिशत)को सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज जानकी फाइनान्सको सेयरमूल्य ८.७६ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको सेयरमूल्य ७.०९ प्रतिशतले बढ्यो ।  

आज समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ४.५९ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.