आईतवार, बैशाख ६,२०८३ 11:15:20
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:15:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘राम्रा कम्पनी नबढेसम्म ठूलो वृद्धिको सम्भावना कम’

Bizshala
सेयरबजारमा सामान्य सुधार, जानकार भन्छन्, ‘राम्रा कम्पनी नबढेसम्म ठूलो वृद्धिको सम्भावना कम’
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१८ प्रतिशत अर्थात ४.९० अंकले बढेर २ हजार ६३९.९१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले बढेर ४५४.८६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४९ वटा स्क्रिप्टको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार नयन बास्तोला भन्छन्, ‘अझैपनि लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न नसकेको अवस्था छ । चुनावी माहोल बन्दै गएपनि ठूला राजनीतिक दलहरुमा देखिएको विवाद र समस्याले समयमै चुनाव नहुने होकी भन्ने अन्योलताले लगानीकर्ताहरु खुलेर बजारमा लगानी गर्न सकिरहेका छैनन् । आज बजार सामान्य बढ्दा कारोबार पनि बढेको छ । मार्केट माथि जान खोजिरहेको जस्तो त देखिन्छ तर ठूलो अंकको स्विङ नदेखिदा केही दिनसम्म बजारमा स–सानो उतारचढाव मात्रै देखिन सक्छ । जबसम्म बजारमा रहेको राम्रा कम्पनीहरु बढ्दैनन् र वाणिज्य बैंक समूहमा सुधार देखिदैन तबसम्म बजार ठूलो अंकले बढ्ने सम्भावना कम छ । अब माघ ६ गते मनोनयन दर्ता सकिएपछि बजारले लय समाउछ भन्ने विश्वास छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो । आज हाईड्रो समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्यो । यस्तै लगानी समूह ०.०४ प्रतिशत, म्युचुअल फण्ड ०.४१, निर्जीवन बीमा ०.०९, अन्य ०.७८ र व्यापार ०.९८ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.४१ अंकले बढ्यो ।

होटल समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज ०.४८ प्रतिशतको गिरावट आयो । बैंकिङ समूह पनि आज ०.१४ प्रतिशत, फाइनान्स ०.२९, होटल ०.४८, जीवन बीमा ०.१७,उत्पादन तथा प्रशोधन ०.२३ र लघुवित्त ०.२० प्रतिशतले घट्यो ।

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५४ करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, एसवाई प्यानलको ३४ करोड ८१ लाख, बुटवल पावरको २८ करोड १३ लाख र श्रीनगर एग्रीटेकको २६ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज थ्रिस्टार होटलको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यसैगरी, आज दोर्दी खोला जलविद्युतको सेयरमूल्य ९.३८ प्रतिशत, सुपर मादी हाईड्रोपावरको ९.०७ र राप्ती हाईड्रोको सेयरमूल्य ५.६६ प्रतिशतले बढ्यो ।

रसुवागढी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ६.०९ प्रतिशतले घट्यो। नारायणी डेभलपमेन्टको सेयरमूल्य पनि आज ४.४४ र विन नेपाल लघुवित्तको सेयरमूल्य ३.७७ प्रतिशतले बढ्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.