मंगलवार, आश्विन १३,२०८३ 06:55:27
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:55:27
Bizshala
Global IME Bank Limited

नाफा बुकसँगै सेयरबजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो

Bizshala
नाफा बुकसँगै सेयरबजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो
New Office

काठमाण्डौ । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजारमा आज गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३४ प्रतिशत अर्थात ९.४३ अंकले घटेर २ हजार ७०५.३८ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले घटेर ४६५.९० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘दुई तिन दिनदेखि बढेको बजारमा आज सामान्य करेक्सन मात्रै देखिएको हो, नत्र बजार बढ्नका लागि अझै थुप्रै सकारात्मक आधारहरु छन् । बजार घटेर ठूलो भोल्युम आएको भए सेलिङ प्रेसर भएको मान्न सकिन्थ्यो तर भोल्युम पनि त्यति धेरै देखिएको छैन, यसर्थमा आजको घटाई नाफा बुक हो । अब एक साता जस्तोमा बैंकहरुको पनि रिर्पोट आउँछ, सम्भवतः बैंकहरुको दोस्रो त्रैमासिक रिर्पोट राम्रो आउने जस्तो देखिएको छ । हालसम्म दुई संस्थाले रिर्पोट निकालिसकेका छन्, जसको अवस्था राम्रो देखिएको छ । बैंकिङ समूहले सिँगो पूँजीबजार लिड गर्ने भएकाले यो समूहको रिर्पोट राम्रो आएमा बजार अवश्य माथि नै जानेछ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह मात्रै बढ्यो । यो समूह आज ०.२६ प्रतिशतले बढ्यो ।

होटल समूह आज सर्वाधिक अर्थात १.८८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१८ प्रतिशत, विकास बैंक ०.५९, फाइनान्स १.६७, हाईड्रो ०.०३, लगानी ०.६४, जीवन बीमा ०.३६, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.२६, म्युचुअल फण्ड ०.६५, निर्जीवन बीमा ०.३० र व्यापार समूह १.२१ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४३ करोड ३६ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रकचरको ३५ करोड ५ लाख, हिमालयन रि इन्स्योरेन्सको ३३ करोड २३ लाख, युनाइटेड मोदी हाईड्रोको २८ करोड ९७ लाख र राधी विद्युतको २८ करोड २५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज कालिका पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको ९.१६ प्रतिशत, रिभर फल्स पावरको ५.५०, विकास हाईड्रोपावरको ४.९८ र माण्डु हाईड्रोको सेयरमूल्य ४.५८ प्रतिशतले बढ्यो ।

गुँरास लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.८९ प्रतिशतले घट्यो। यस्तै मन्जु श्री फाइनान्सको सेयरमूल्य पनि आज ४.६४ प्रतिशतले खस्कियो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.