मंगलवार, आश्विन १३,२०८३ 06:59:11
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:59:11
Bizshala
Global IME Bank Limited

आजपनि थामिएन सेयरबजारको ओरालो यात्रा, विश्लेषक भन्छन्, ‘लगानीकर्ताको मनोबल खस्कियो’

Bizshala
आजपनि थामिएन सेयरबजारको ओरालो यात्रा, विश्लेषक भन्छन्, ‘लगानीकर्ताको मनोबल खस्कियो’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन पनि सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.९६ प्रतिशत अर्थात २६.०५ अंकले घटेर २ हजार ६७२.३९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ प्रतिशतले घटेर ४५५.६५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर १० अर्ब ७७ करोड ३९ लाख बढीको सेयर कारोबार भयो । अघिल्ला दिन भने ११ अर्ब ६५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘केही साताअघि चुनाव हुने निश्चित भएपछि बजार केही अंक बढेको थियो । बजारलाई राजनीतिक विषयले प्रत्यक्ष प्रभाव पार्ने भएकाले अस्थिर राजनीतिकसँगै विभिन्न दलहरुको अराजक भनाईले पनि सेयरबजारलाई प्रभाव पारेको बुझ्न सकिन्छ । समग्र सिनारियो हेर्दा अब बजार बढ्नुपर्ने जस्तो देखिएपनि लगानीकर्तामा अझै मनोबल उच्च हुन सकिरहेको छैन ।’

उनले थपे, ‘ठूला व्यापारी, उद्योगी र लगानीकर्ताहरुमा अन्यौलता कायम हुनुका साथै ससंकित समेत छन् । अहिले बजारमा धेरै ट्रेडरहरु हाबी भएका कारण दुई दिन बजार बढ्ने बित्तिकै थोरै नाफा बुक गरेर सेयर बेचिहाल्ने प्रवृत्तिले पनि बजार दिगो हुन सकिरहेको छैन । नत्र अहिलेको देशको आर्थिक अवस्था र समग्र वित्तीय सूचकहरु हेर्ने हो भने बजार ३२ सयको विन्दुमा पुग्नुपर्ने हो, तर दीर्घकालिन लगानीकर्ताहरुको मनोबल उच्च नहुँदा बजार माथि उक्लिन सकिरहेको छैन ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज बढ्ने एउटा मात्रै समूहको रुपमा व्यापार समूह रह्यो । यो समूह आज ०.२२ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात २.२९ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.७७ प्रतिशत, विकास बैंक १.३७, फाइनान्स २.२९, हाईड्रो ०.५४, लगानी ०.९१,  जीवन बीमा १, उत्पादन तथा प्रशोधन १.२३, लघुवित्त ०.६१, म्युचअल फण्ड ०.४७, निर्जीवन बीमा १.४१ र अन्य समूह १.९६ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज रिडी पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७७ करोड १९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, एसवाई प्यानल नेपालको ५४ करोड ४ लाख, आँखुखोला जलविद्युतको ४८ करोड ४३ लाख, लिबर्टी इनर्जीको ३७ करोड १ लाख र ङादी ग्रुप पावरको ३३ करोड ९१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज खानीखोला हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै रिडी पावरको सेयरमूल्य ९.११ प्रतिशत, लिबर्टी इनर्जीको ७.८४, नेशनल हाईड्रोपावरको ५.९० र त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य ४.९९ प्रतिशतले बढ्यो ।

मायाखोला हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.४० प्रतिशतले घट्यो । यस्तै माबिलुङ इनर्जीको सेयरमूल्य ४.९३ प्रतिशत, कालिञ्चोक दर्शनको ४.६८ र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ४.५० प्रतिशतले घट्यो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.