आईतवार, आश्विन ६,२०८१ 10:22:53
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 10:22:53
IME remit
Global IME Bank Limited

१०० अंकको उचारचढाव भएको नेप्सेमा अन्ततः दोहोरो अंकको वृद्धि, जानकार भन्छन्,‘सचेत रहन आवश्यक’

Hyundai Nepal
१०० अंकको उचारचढाव भएको नेप्सेमा अन्ततः दोहोरो अंकको वृद्धि, जानकार भन्छन्,‘सचेत रहन आवश्यक’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात ३५.५५ अंकले बढेर २ हजार ६९६.६५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४८५.३८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज नेप्से परिसूचकमा तीव्र उतारचढाव देखिएको थियो । नेप्से परिसूचक आज न्यूनतम २६०९ अधिकतममा २७०९ विन्दुसम्म पुगेको थियो ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायाण पौडेल भन्छन्,  ‘अहिले बजार लगानीकर्तालाई झुक्याउँदै अघि बढिरहेको छ । बुल बजारको विशेषता भनेकै यहि हो । यस्तो बजारमा लगानीकर्ता सचेत समेत हुनुपर्छ । भि–सेपमा बढेको बजारमा जुनुसुकै बेला पनि करेक्सन आउन सक्छ । त्यसैले टार्गेट राखेर नाफा बुक पनि गर्नुपर्छ ।’

अहिले बजारका लागि आवश्यक सबै वातावरण सकारात्मक भएकाले बजार बढेको उनले बताए । यद्यपी बजार सधैं बढेको बढ्यै भने नगर्ने अर्थशास्त्री पौडेलले भने ।  

अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्,‘ बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गरेको सहज नीतिका कारण बजारमा सुधार आएको हो । कारोबार पनि राम्रो भईरहेको छ । यसमा संस्थागत लगानीकर्ताले समेत लगानी बढाएको र सेक्टर रोटेशन भएर बजार अघि बढिरहेको देख्न सकिन्छ ।’

तर बढेको बजारले कहाँबाट करेक्सन लिन्छ भन्न गाह्रो भएतापनि सामान्य करेक्सनले बजारलाई बलियो नै बनाउने उनले दाबी गरे ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज होटल समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.९९ प्रतिशतले बढ्यो भने वित्त ५.९८, विकास बैंक २.४०,हाईड्रो ३.१२,लगानी ३.१५,जीवन बीमा ०.५८, उत्पादन तथा प्रशोधन ०.३५,लघुवित्त ०.९८ र अन्य समूह ३.५२ प्रतिशतले बढेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालय रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६० करोड १० लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै आज शिवम् सिमेन्टको ३७ करोड ६७ लाख,सोल्टी होटलको ३६ करोड ४३ लाख,नेपाल फाइनान्सको ३५ करोड ३८ लाख र चिलिमे हाईड्रोपावरको २७ करोड ७६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ९ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज प्रोग्रेसिभ फाइनान्स,वरुण हाईड्रोपावर,सान्जेन जलविद्युत,नेपाल वेयरहाउजिङ,सिईडिबि हाईड्रोपावर,नेपाल फाइनान्स,मध्य भोटेकोशी,हाथवे इन्भेष्टमेन्ट र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ९.४५ प्रतिशत, समृद्धि फाइनान्स ९.२५, ग्रिन लाइफ हाईड्रो ८.९१ र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.८४ प्रतिशतले बढ्यो ।  

यो दिन एशियन हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यससँगै आज यो कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो । गणपति लघुवित्तको सेयरमूल्य आज ६.११ प्रतिशत र युनिलिभर नेपालको सेयरमूल्य ३.६५ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.