आईतवार, बैशाख ६,२०८३ 11:19:50
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:19:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउने सलिको

Bizshala
बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउने सलिको
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २८.६२ अंकलले बढेर २०७२.५१ विन्दुमा पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३२० कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुई सूचकमध्ये जीवन बीमा समूह १.४२ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.७९ प्रतिशतले बृद्धि भएको छ ।  

बीमा कम्पनीहरुमा आज सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घटेको छ भने बाँकी सबै कम्पनीको सेयरमूल्य बृद्धि भएको छ । आज सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीको सेयरभाउ ५.२२ )प्रतिशतले बढेर ७०५ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, युनाइटेड अजोडको ४।४५ प्रतिशत, हिमालयन लाइफको ३.१७ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.९३ प्रतिशत, हिमालयन एभरेष्टको २.८७ प्रतिशत, नेपाल लाइफको १.९० प्रतिशत, सुर्यज्योति लाइफको १.६६ प्रतिशत, एशियन लाइफको १.६४ प्रतिशत, सिटिजन लाइफको १.५८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.५३ प्रतिशत, सन नेपाल लाइफको १.४७ प्रतिशत, एलआइसी नेपालको १.४१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.३१ प्रतिशत र आइएमई लाइफको १.३० प्रतिशतले सेयरभाउ बढेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसका साथै सानिमा जिआइसीको १.२२ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.१५ प्रतिशत, नेको इन्स्योरेन्सको १.१३ प्रतिशत, नेशनल लाइफको ०.९२ प्रतिशत, हिमालयन रि को ०.९० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७१ प्रतिशत, आरबीसीएलको ०.६८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४४ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.३५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२६ प्रतिशतले बृद्धि भएको छ ।  

बीमा कम्पनीहरुमा आज सानिमा रिलायन्स लाइफको मात्रै सेयरमूल्य घटेको छ । कम्पनीको सेयरभाउ ०.३६ प्रतिशतले घटेर ४४२.३० रुपैयाँ कायम भएको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.