बुधबार, भाद्र २५,२०८२ 10:23:09
  • बुधबार, भाद्र २५,२०८२ 10:23:09
Global IME Bank Limited

नेप्सेको उकालो यात्रामा ब्रेक, जानकार भन्छन्, ‘प्राकृतिक नाफा बुक मुख्य कारण’

Hyundai Nepal
नेप्सेको उकालो यात्रामा ब्रेक, जानकार भन्छन्, ‘प्राकृतिक नाफा बुक मुख्य कारण’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१४ प्रतिशत अर्थात ३४.४७ अंकले घटेर २ हजार ९६६.३३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२४ प्रतिशतले घटेर ५२८.८५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्,‘आजको घटाई नाफा बुक हो । यसलाई प्राकृतिक नाफा बुकका रुपमा लिन सकिन्छ । बजार सधै बढेको बढ्यै मात्र र घटेको घट्यै मात्र पनि नहुने भएकाले आजको गिरावटबाट आत्तिनु पर्ने कारण छैन । आज बजारमा स्मार्ट लगानीकर्ताले नाफा बुक बढाएकाले केही दबाव देखिएको छ ।’

यो साता लगातार २ दिन सेयर बजार बन्द हुने भएकाले बजारले लय परिवर्तन गरेको र हिसाब मिलाउन दबाव परेको रिजालको निष्कर्ष छ । यद्यपी बजार २८ सय विन्दुभन्दा तल नजाने उनको भनाई छ ।  

अर्का बजार जानकार दामोदर गजुरेलले पनि आजको घटाईलाई नाफा बुकको परिणाम भएको बताए । ‘लगातार ७ हप्ताभन्दा बढी बढेको बजारमा आज सप्लाई आएको छ । प्राविधिक रुपमा पनि आजको गिरावटलाई स्वभाविक करेक्सन मान्न सकिन्छ । आज बैंकिङ क्षेत्रले बजारलाई सपोर्ट गरेको छ ।’

गजुरेलको विचारमा पनि बजारमा अधिक करेक्सन आए २८ सय विन्दुसम्म झर्न सक्ने र त्यसपछि भने पुनः बजारले लय समात्ने देखिन्छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पातियो । आज बैंकिङ समूह ०.८४ प्रतिशत, जीवन बीमा ०.०१,म्युचुअल फण्ड ०.३८ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढ्यो ।  

आज होटल समूहमा सर्वाधिक अर्थात ४.४९ प्रतिशतको गिरावट आयो । यस्तै विकास बैंक समूह २.२५ प्रतिशत,वित्त २.७९, हाईड्रो ३.७४,लगानी ०.६४,उत्पादन तथा प्रशोधन २.५८,लघुवित्त ०.३१, अन्य ३.०४ र व्यापार समूह १.३२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ८२ करोड १४ लाख बढीको सेयर कारोबार  भयो । आज अपि पावर कम्पनीको ७८ करोड ७६ लाख,कुमारी बैंक ६५ करोड ९३ लाख,एचआईडीसीएल ५२ करोड ९३ लाख र ङादी ग्रुप पावरको ५२ करोड २८ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज राष्ट्रिय बीमा कम्पनी,एलआईसी नेपाल,मल्टीपर्पस,सम्पदा लघुवित्त र लिबर्टी इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

आज नेपाल फाइनान्स कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो । यस्तै आज सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ८.५२ प्रतिशत,न्यादी हाईड्रोको ८.४६ र शुभम् पावरको सेयरमूल्य ७.७४ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.