काठमाण्डौ । बुधबारको कारोबारमा सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.३८ प्रतिशत अर्थात ३५.९२ अंकले घटेर २ हजार ५५८.३५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले घटेर ४५१.६६ विन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ७७ करोड ३८ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब १० करोड ९७ लाख बढीको सेयर कारोबार भएको थियो ।
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ३.९० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.७७ प्रतिशत, विकास बैंक ०.८४, फाइनान्स समूह १.१०, होटल ०.६२, लगानी १.२८, जीवन बीमा १.५२, उत्पादन तथा प्रशोधन ०.४०, लघुवित्त ०.९७, म्युचुअल फण्ड ०.६१, हाईड्रो २.८४ ,अन्य १.४६ र व्यापार ०.०५ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज चिलिमे हाईड्रोको सर्वाधिक कारोबार भयो । यो कम्पनीको आज २० करोड ५६ लाख बढीको सेयर कारोबार भयो । यस्तै सानिमा मिडिल तमोरको १९ करोड ३२ लाख, साहस उर्जाको १६ करोड १३ लाख, सोलु हाईड्रोको १५ करोड ८१ लाख र रिडी पावरको १२ करोड २ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरु मध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज सर्वोत्तम पेन्ट्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै अपर हेवाखोला हाईड्रोको सेयरमूल्य १०.४३ प्रतिशत र एभरेष्ट बैंक डिबेञ्चर २०८९ को मूल्य ६.०८ प्रतिशतले बढ्यो ।
यो दिन सरसुवागढी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १५ प्रतिशतले घट्यो । यस्तै मैलुङ खोला जलविद्युतको सेयरमूल्य १४.९९ प्रतिशत, त्रिशुली जलविद्युतको १२.९५ प्रतिशत, माथिल्लो मैलुङ खोलाको ११.५६ र साञ्जेन जलविद्युतको सेयरमूल्य ११.१८ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।