मंगलवार, फाल्गुन ५,२०८२ 12:40:21
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:40:21
Bizshala
Global IME Bank Limited

बजारलाई कारोबारको साथ, के नेप्सेले मध्य ब्याण्डमा सपोर्ट लिंदैं छ ?

बजारलाई कारोबारको साथ, के नेप्सेले मध्य ब्याण्डमा सपोर्ट लिंदैं छ ?
Shivam Cement

काठमाण्डौ । आज नेप्सेमा कारोबार र भोल्युम दुवैमा बढोत्तरी आएको छ । दिनभरको कारोबारमा बजार करिब ९ अंकले बढेर बन्द भएको छ । पछिल्लो ८ कारोबारमा  बजारले २०७० आसपामा बलियो सपोर्ट लिएको छ भने २१०० आसपासमा कडा प्रतिरोध लिएको छ ।

प्राविधिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा बजारले मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । त्यसैगरि, बजारलाई पछिल्लोपटक कारोबार तथा भोल्युमले राम्रै साथ दिएको छ । लगातार २ दिन ५ अर्बमाथि कारोबार हुनु बजारको सकारात्मक पक्ष रहेको छ । तर बजारमा बैंकिङ र जलविद्युत क्षेत्र नचल्दा २१ सय माथि जान सकेको छैन ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आज जलविद्युत क्षेत्र केही चलयमान भएको देखिन्छ । यदि आगामी दिनमा हाई क्याप भएका क्षेत्र पनि बजारमा चल्दै गएको खण्डमा भने बजारले सजिलै २१ सयको प्रतिरोधलाई ब्रेक गरेर अप ट्रेन्ड लिन सक्छ ।

तर बजार यदि मध्य ब्याण्डबाट तल खसेमा भने केही अंक बजारले गुमाउन पनि सक्छ । यद्यपी बजारको पछिल्लो अवस्थालाई नियाल्ने हो भने नेप्सेमा ठूलो अंकले करेक्सन आउने अवस्था भने देखिदैन ।  

नोट ः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.