बिहीबार, असार ५,२०८२ 08:25:01
  • बिहीबार, असार ५,२०८२ 08:25:02
Global IME Bank Limited

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

Hyundai Nepal
६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.५९ अंकले बढेर २६२९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.३६ प्रतिशत र निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेको छ । आज ६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.८१ प्रतिशतले बढेर ९०७.०८ रुपैयाँ पुगेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको सेयरभाउ १.४३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.०७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०३ प्रतिशत, आरबीसीएलको ०.१३ प्रतिशत र नेशनल लाइफको ०.०१ प्रतिशतलले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.५६ प्रतिशतले घटेर २२२१.३३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, एशियन लाइफको ०.०९ प्रतिशत, सिटिजन लाइफको ०.३४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको २.५६ प्रतिशत, हिमालयन लाइफको ०.९० प्रतिशत, आइएमई लाइफको ०.१७ प्रतिशत, नेपाल लाइफको ०.३९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.०४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३२ प्रतिशत, सूर्यज्योति लाइफको ०.५२ प्रतिशत, सन नेपाल लाइफको १.२३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.६५ प्रतिशतले सेयरभाउ घटेको छ । 

यसका साथै हिमालयन एभरेष्टको ०.०७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६२ प्रतिशत, एनएलजीको ०.०९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ४.१३ प्रतिशत, सलिकोको ०.२९ प्रतिशत, सानिमा जिआइसीको ०.५५ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.४७ प्रतिशतले सेयरभाउ घटेको छ । यता पुनर्बीमातर्फ नेपाल रि को सेयरभाउ १.६५ प्रतिशतलते घटेर १२२४.६३ रुपैयाँ कायम भएको छ भने हिमालयन रि को सेयरभाउ ०.६२ प्रतिशतले घटेर ८९३.९७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.